mobile

विद्युत् चोरीको आरोपमा छ जना पक्राउ

By RSS on Jan 12,2018 - 17:03

विद्युत् चोरीको आरोपमा छ व्यक्तिलाई पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख दीपक चौधरीले हुकमार्फत मुख्य तारबाट बिजुली चोरेर घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका–२ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६ वर्षीय सुरज विक र ६३ वर्षीय पिमलाल नेपाली तथा बबई गाउँपालिका–७ बस्ने ३० वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा गए राति घरबाट पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको बताइएको छ । रासस

ट्याग -  विद्युत् चोरीको आरोपमा छ व्यक्तिलाई पक्राउ

SUGGESTED ARTICLES

img
किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

पश्चिम नवलपरासीको सरावल गाउ“पालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ । खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान (कब्रिस्थान) रहेको सार्वजनिक जग्गालाई गुल्मी जिल्ला साविकको (जयखानी गाविस–३) का दीपक सुनारले नक्कली कागजातका आधारमा ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो । दुई बिगाहा १५ कट्ठा दुई धुर जग्गा किर्ते कागजातका आधारमा


by RSS | Jul 20

img