mobile

सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा मकवानपुरको सिस्नेरीमा

By RSS on Jan 12,2018 - 17:43

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष श्री जीवन लामाज्यूले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री लव कुमार बास्ताकोटीलाई पोइन्ट अफ सेल मेसिन श्री जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रबन्धक श्री गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । साथै बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक श्री गोबिन्द महर्जनले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्नुभएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १९ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

ट्याग -  १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३ , सिस्नेरीमा शुरू

SUGGESTED ARTICLES

img
पहाडी जिल्ला डडेल्धुराको आलितालमा डुंगा सञ्चालन

पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलितालमा डुंगा सञ्चालनमा ल्याइएको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो । पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि तालमा डुंगा सञ्चालनमा ल्याइएको छ । आव २०७४/०७५ मा आलितालमा डुंगा सञ्चालनका लागि विनियोजन


by RSS | Jul 19

img