mobile

स्मार्ट सिटी प्लानको लागि नेपाल सरकार को तयारी

By Anu Rana on Jan 13,2018 - 17:48

सरकारले स्मार्ट सिटी प्लानको लागि एक सल्लाहकार नियुक्त गरेको छ,  सरकारले आव २०७२/७३ मा घोषणा गरेका तीन वटा सरहलाई स्मार्टसिटी घोषणा गरेको थियो । लुम्बिनी, पालुङटार र निजगढलाई स्मार्ट सिटी बनाउने सरकारी योजना अनुसार हालसम्म तीनवटै सहरको निम्ति अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त नियुक्त गरेको छ ।

‘उपत्यकाको चार दिशाका चार कोणमा नयाँ सहर बनाउन लागेका छौं,’ प्राधिकरण प्रमुख आयुक्त भाइकाजी तिवारीले भने, ‘यी अहिले भइरहेको भन्दा व्यवस्थित, सुविधासम्पन्न र सहज हुनेछन् ।’ उनले यी सहरमा उपलब्ध हुने सुविधाको ‘स्मार्टपन’को कुनै सीमा नभएकाले नयाँ सहर भनिएको बताए । उनले यी सरहमा विश्वमा उपलब्ध सबै सुविधा पाइने जानकारी दिए ।

 

 

सोही प्रतिवेदनका आधारमा सरकारले स्मार्ट सिटीको काम अगाडि बढाउने जानकारी नयाँ सहर विकास आयोजना समन्वय कार्यालयका निर्देशक पराग कायस्थले दिए छ । उनका अनुसार आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा घोषणा भए अनुसार स्याङ्जाको वालिङ, डडेल्धुराको अमरगढी र दैलेखको दुल्लुसहित १० सहरलाई स्मार्ट सिटी बनाउने उल्लेख छ ।

२०७४ असार २८ को मन्त्रिपरिषद् बैठकले धनकुटा, सिरहाको मिर्चेया, रौटहटको चन्द्रपुर, काभ्रेको बनेपा, चितवनको भरतपुर, दाङको तुल्सीपुर र कैलालीको टिकापुरलाई स्मार्ट सिटी बनाउने निर्णय गरेको छ । सोही घोषणाअनुसार सरकारले हाल विभिन्न २७ वटा नयाँ सहर र १३ वटा स्मार्ट सिटी गरी ४० वटा सहर निर्माणको काम अगाडि बढाएको छ ।

सहरी विकास मन्त्रालयले नेपालका तीन ठाउँमा स्मार्ट सहर निर्माणको काम अगाडि बढाएको छ। कपिलवस्तुको लुम्बिनी,बाराको निजगढ र गोरखाको पालुङटारमा स्मार्ट सिटी निर्माण गर्नको लागि परामर्शदाता छनौट थालनी गरेको नयाँसहर आयोजना प्रमुख चक्रवर्ति कंठले जानकारी दिएका  छ । 

परामर्शदाताले तयार पारेको प्रतिवेदनको आधारमा कस्तो सहर बनाउने,केके सुविधा राख्ने,त्यहाँको संरचना कस्तो हुने भनेर निक्र्यौल गरिने बताइएको छ। 

कस्तो हुन्छ स्मार्ट सिटी ?

स्मार्ट सिटीका लागि राष्ट्रिय योजना आयोगले २०७३ सालमा अवधारणा पत्र तयार गरेको छ । उक्त अवधारणामा स्मार्ट शहरका आधारभुत विशेषताहरूमा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थ ब्यवस्था रहेका छन् । स्मार्ट जनता भन्नाले शहरी विकासका उपलब्धिहरू प्रयोग गर्दैगर्दा समावेसी समाजको सिद्धान्तलाई उपयोग गर्ने सुरक्षित, स्वास्थ, शिक्षित, सिर्जनशील नागरिक भन्ने जनाउँछ भनी उल्लेख गरिएको छ । स्मार्ट सिटीमा बस्ने जनताले शिक्षा, स्वास्थ्य, सिर्जनशीलता, सुरक्षा र स्मार्ट शासन उपयोग गर्न पाउनेछन् ।

 

कहाँ बन्दैछन् स्मार्ट सिटी’ ?

 

पहिलो स्मार्ट सिटी बनाउन चाहिने एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालीनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म समेट्नेछ। त्यसैगरी, खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा हुँदै पुन: मूलपानी क्रिकेट मैदानलाई समेटिने जानकारी प्राधिकरणप्रवक्ता केशव न्यौपानेले दिए। न्यौपानेका अनुसार दोस्रो स्मार्ट सिटी भक्तपुरकै सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुन: सूर्यविनायकसम्म जोडिनेछ। यी क्षेत्रमा १० हजार रोपनी जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएको छ। तेस्रो स्मार्टसिटीमा खोकना, बुंगमती, सैंबु आवास क्षेत्र, वाग्मती झोलुंगे पुल हुँदै चोभारसम्मको क्षेत्रफललाई समेटिएको छ। यी क्षेत्रमा सहर बनाउन सरकारले १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटेको छ। चौथो, स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटिएको जानकारी प्रवक्ता न्यौपानेले दिए।

 

ट्याग -  ‘स्मार्ट सिटी’ , राष्ट्रिय योजना आयोग , नयाँ सहर

SUGGESTED ARTICLES

img
वषौँँदेखि गाडी थन्किए

महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन् । महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन् । सो कार्यालय परिसरभित्र करीब चार बिगाहा क्षेत्रफलमा तीनवटा रिङ मेशिन, एउटा पानी ट्याङ्कर, तीनवटा जिप, तीनवटा ट्र्याक्टर, चारवटा ट्र्याक्टरका टेलर, दुईवटा ट्रक र एउटा ठूलो जेनेरेटर तथा दर्जनभन्दा बढी...


by RSS | Apr 24

img