mobile

देशभरका नर्सहरु आन्दोलनमा, माग संवोधन गर्ने निकाय मौन

By R. sharma on Jan 15,2018 - 09:54

विभिन्न पेशागत मागराखि नर्सहरु केहि दिन यता आन्दोलन उत्रिएपनि माग संवोधन गर्ने सरोकार वाला निकाय मौन रहदा मुलुकभरका स्वास्थ्य संस्थाको काम प्रभावित भएको छ । आन्दोलनरत नर्सहरूले हिजो मात्र देशभरका स्वास्थ्य संस्थामा १० देखि ११ बजेसम्म कुनै काम गरेनन् । जसका कारण एक घन्टा सेवा अवरुद्ध गर्दा हजारौँ बिरामी स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । मागहरु संवोधन नभए सम्म आफ्नो आन्दोलन जारि रहने उनिहरुले बताएका छन् ।  सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरूलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ताको व्यवस्था गरी निजीमा पनि यसलाई लागू पर्नुपर्ने भन्दै नर्सहरू आन्दोलनमा होमिएका हुन् ।

यी हुन् नर्सहरूले उठाएका माग

  • जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।
  • मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरूलाई विनासर्त अविलम्ब पुनर्बहाली गरियोस् ।
  • अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस् ।
  • नेपाल सरकारका नर्सहरूलाई उपलब्ध गराइरहेको न्यूनतम तल–बभत्तासरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस् ।
  • सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरूमा गुणस्तरीय नर्सिङ सेवा पुर्‍याउने व्यवस्था गरियोस् ।
  • भोलेन्टियरका नाममा भएको नर्सको श्रम शोषण बन्द गरियोस् ।
  • सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरूलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोहीअनुरूप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस् ।
  • दुर्गममा काम गर्ने नर्सहरूलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् ।
  • योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस् ।
  • योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस् ।
  • श्रम ऐन, ०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशीघ्र लागू गरियोस् ।
ट्याग -  नर्स

LATEST NEWS

SUGGESTED ARTICLES

img