mobile

केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

By RSS on Jan 16,2018 - 11:27

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ । 

पार्टीले चुनावमा पराजय भोगेपछिको अवस्थामा अब हिन्दूराष्ट्रलगायतका मुद्दा तथा सिद्धान्तमा अटल रहने, राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति निर्माणका लागि उपायको खोजी गर्न सो बैठक उपयोगी हुने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो । 

करिब पाँचसय जनाको सहभागिता रहने सो बैठक पार्टीको केन्द्रीय महाधिवेशन पछिको ठूलो बैठकका रुपमा लिइएको छ । रासस

ट्याग -  राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.