mobile

दुर्गाभवानीको एक घरमा आगलागी

By RSS on Jan 18,2018 - 12:31

बैतडीको दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीमा एक घरमा गएराति आगलागी भएको छ । दुर्गाभवानीका केशव क्षेत्रीको घरमा आगलागी हुँदा रु ५५ हजार नगदसहित जलेर रु एक लाख ५५ हजारभन्दा बढीको क्षति भएको देहिमाडौँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजबहादुर पालीले जानकारी दिनुभयो । 

विद्युत् तार सर्ट भएर आगलागी भएको र आगलागीबाट घरभित्र रहेका नगदसहित लुगा, कपडा, मोबाइल सेट, रेडियो, खटिया, सोफा, टेबुल, दराज जलेर नष्ट भएको हो । घटनाकोे मुचुल्का तयार गरेको र आज जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी चौकी देहिमाडौँले जनाएको छ । रासस

ट्याग -  एक घरमा गएराति आगलागी

SUGGESTED ARTICLES

img
मिलन भवन बनाउन रु ४० लाखको जग्गादान

ज्येष्ठ नागरिकको मिलन भवन निर्माण गर्न पर्वतका एकजना ज्येष्ठ नागरिकले रु ४० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । सदरमुकाम कुश्माको वडा नं ७ खरेहामा बनाउने भनिएको भवनका लागि स्थानीय ६६ वर्षीय महानन्द शर्माले तीनआना तीनदाम क्षेत्रफल भएको जग्गा ज्येष्ठ नागरिक मिलन समाजका नाममा पास गरेर जग्गाको लालपूर्जा समाजका अध्यक्ष तीर्थनाथ शर्मालाई दिनुभएको हो । 


by RSS | Today, 12:15 PM

img