mobile

विदेशी कृषि वस्तुहरूमा निर्भरता बढ्दैं

By Anu Rana on Jan 20,2018 - 21:23

आफ्नै देश भित्र भरपर्दो उत्पादन सम्भावनाको बावजूद कृषि सामानहरूको लागि अन्य देशहरूमा निर्भरता बढेको छ । काकाड्भिट्टा सीमा भन्सार अनुसार हालको आर्थिक वर्षको पहिलो चार महिनामा कृषिको उत्पादनिय बस्तुहरु करिब १० अर्ब रुपैयाँ बराबर को चेकपोइन्ट मार्फत आयात गरिएको थियो ।  देशको अन्य चेकप्वैन्ट बाट पनि आयातको अवस्था यसतै रहेको छ ।

आर्थिक सर्वेक्षणले यस आर्थिक वर्षमा ६ वटा खाद्यान्न (धान, मकै, गहुँ, कोदो, जौ र फापर) को उत्पादन १३ प्रतिशतले वृद्धि हुने देखाएको छ ता पनि यि सबका खध्, मल र बिउ जस्ता कृसि बस्तुहरु अरु देश बाट आयात गरिदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिना नेपालीहरूका लागि विभिन्न मुलुकबाट १ खर्ब २७ अर्ब ५६ करोड ८६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो नौ महिनामा दुई दर्जन बढी मुलुकबाट २१ दशमलव ६९ प्रतिशतले कृषिजन्य वस्तु आयात गरिएको छ । यस अवधिमा कृषिसहितको वस्तुगत आयात गत वर्षको पहिलो आठ महिनाको दाँजोमा ४४ दशमलव २ प्रतिशतले बढेको छ । यो भनेको ६ खर्ब २८ अर्ब ५६ करोड रुपैयाँ बराबर हो ।

"कश्मिरी-लद्दाखका राजाले तिब्बतको व्यापारमा आफ्नो मुलुकबाट पारवहनमा रोक लगाएपछि तिब्बतका लागि काठमाडौंदेखि कुती वा केरुङको बाटो प्रयोग हुन थाल्यो । तिब्बतले नेपाल हुँदै भारतीय र पश्चिमा मुलुकमा उत्पादित औद्योगिक समान र काठमाडौं उपत्यकामा उत्पादित समान तथा खाद्यान्न आयात गर्थ्यो भने ऊनी कपडा, खच्चड-घोडा, नुन, चाँदी, सुन निर्यात गर्थ्यो । तर अहिले त सुन देखी नुन सम्म सबै नै बस्तुहरु अरु देश बाट लियाउने अव्स्था भैसकेको छ" एक सिमा अधिकारिले बताए ।  

"देशबाट कृषि उत्पादनको निर्यातको धेरै सम्भावनाहरू छन्, तर यि रेकर्डले उल्टो कथा बताउँछन्" सरकारी तथा निजी हितधारकहरू को भनाइ रहेको छ ।

काकाड्भिट्टा चेकपोइन्टको निर्यातका तथ्याङ्कहरू रेकड भन्दा आयात रेकर्ड धेरै रहेका छन् । काकाड्भिट्टा क्षेत्रीय प्लाटर क्वार्टिनन अफिस अनुसार ८३७० करोड रुपैयाँको कृषि सामान निर्यात गरिएको थियो बह्ने ११.५ अर्ब रुपैयाँको समान चेकपोइन्ट मार्फत यस वर्षको नोभेम्बरको मध्य सम्म आयात गरिएको थियो । कार्यालयका अधिकारीले बताएअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात वृद्धि भएको छ ।

विशेषज्ञहरु र कृषि क्षेत्र को अग्रगामीहरु अनुसार यदि निर्भरता को ध्यान दिइएन भने निर्भरता को स्तर बढ्नेछ भनेर औलियाएका छन् ।

सरकारले गत आर्थिक वर्षमा धानको लागि झापालाई एक सुपर क्षेत्रको रूपमा घोषणा गरेको थियो, तर यो वर्ष झापाका किसानहरूले उत्पादन भएका ति धान मूल्यको तुलनामा कममा बेच्नु पर्ने अवस्था रहेको छ । यस वर्ष सरकारलाई न्यूनतम अनुमोदित मूल्य निश्चित गर्न न सकेन रहेको छ । किसानहरूले आफ्ना धानलाई सिंडिकेटले निर्धारित मूल्यमा व्यापारीहरू लाई बेच्नु पर्ने छ ।

०७२/७३ को जीडीपीमा कृषिको योगदान ३१ दशमलव १ प्रतिशत थियो भने त्यसअघिको वर्ष ३२ दशमलव १२ प्रतिशत थियो । तीन वर्षयता कृषिमा बजेट, लगानी र अनुदानका क्रार्यक्रम बढ्दै गइरहँदा कृषिको योगदान घट्दै आएको देखिन्छ । त्यस्तै यस वर्ष कृषि क्षेत्रको वार्षिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत हुने अनुमान छ । गत वर्ष यो अंक ०.०३ प्रतिशत थियो । त्यस वर्ष १ दशमलव १४ प्रतिशत पुग्ने अनुमान थियो । अघिल्लो वर्षको सर्वेक्षणले ‘कृषि क्षेत्रको वार्षिक वृद्धिदर अपेक्षाकृत सन्तोषजनक हुन नसकेको’ उल्लेख गरेको थियो ।

बजार व्यवस्थापनमा सरकारको लापरवाहीले देशमा कृषि क्षेत्रको विफलताको मुख्य कारण भनदै कृषि अधिकारीहरूले भनेका छन् ।

ट्याग -  कृषि , बजार व्यवस्थापन ,

SUGGESTED ARTICLES

img
भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण

नेपाल धितोपत्र बोर्डको आयोजनामा यहाँ पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा कार्कीको भनाइ छ ।


by RSS | Today, 12:34 PM

img