mobile

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

By Anu Rana on Jan 20,2018 - 21:19

बलीउड सुपरस्टार सलमान खान नेपाल आउने चर्चा केही समय अगाडि देखि नै भएपनि अन्ततः उनी नेपाल आउने कन्फर्म भएको छ । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई ३ दिनका लागि नेपाल ल्याउन लागेको हो ।उनी आफ्नो ‘दबंग टूर’ नामक कन्सर्ट लिएर झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।

मार्च १० अर्थात फागुन २६ गते सलमान खानले काठमाण्डौको टुँडिखेलमा आयोजना हुने कार्यक्रममा आफ्ना चर्चित गीतमा नृत्य गर्नेछन् । उनी फागुन २६ गते नै नेपाल आउने बताइएको छ ।

ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको सांगितीक कार्यक्रमका लागि सलमानसँगै बलीउड नायिका सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, निर्देशक तथा डान्स मास्टर प्रभु देवा, गायकद्धय मिट बोस अन्जान (मिट ब्रदर्श) तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् ।

सांगितीक कार्यक्रमकको साथै  चन्द्रागिरि हिल्सको  पनि  भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमानको नेपाल अागमनका लागि इभेन्ट व्यवस्थापन कम्पनीहरूले उनको भ्रमण तालिका मिलाइरहेका छन्। 

सलमान आउने भएपछि तयारीका लागि बिहीबार इभनेन्ट व्यवस्थापनका जर्डी पटेल र अडिल जगमगियाले चन्द्रागिरी पुगेका थिए। सलमानले चन्द्रागिरी केवलकार चढ्ने र डाँडाबाट काठमाडांको अवलाेकन गर्ने कार्यक्रम तय भएको छ। उनीहरुसँगै ओडिसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त गुरुङ पनि बिहीबार चन्द्रागिरी पुगेका थिए। अडिसी नेपालमा अन्तरार्ष्ट्रिय कलाकार ल्याउने इभेन्ट म्यानेजमेन्ट कम्पनी हो।

  सलमानखान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टको तर्फबाट जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन । उनीहरुका साथै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमु सिमान्त गुरुङ्ग पनि सहभागी थिए ।

सलमानको नेपाल भ्रमणबारे शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरिएको छ। पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्ने सलमान खानको च्यारिटी संस्था बिङ ह्युमनका नेपाल प्रतिनिधि राजु थापले नेपालखबरलाई जानकारी दिए।

ट्याग -  सलमान , नेपाल भ्रमण ,

SUGGESTED ARTICLES

img
‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीति भिडियो बजारमा आएको छ । चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहनुभएकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गर्नुभयो । विमोचनपछि उहाँले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर


by RSS | Aug 07

img