mobile

मानव अंग प्रत्यारोपण केन्द्रमा 'क्याथल्याब' सेवा सुरु

By Anu Rana on Jan 20,2018 - 21:19

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुटुरोगसम्बन्धी अत्याधुनिक 'क्याथल्याब' सेवा सञ्चालनमा ल्याएको छ। क्याथल्याब सेवा सञ्चालनमा ल्याएपछि मुटु रोगको उपचारमा नयाँ आयाम शुरु भएको केन्द्रले जनाएको छ। केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा सुरु गरेको हो।

निकट भविष्यमा मुटुको पनि प्रत्यारोपण शुरु गर्ने तयारीमा रहेको केन्द्रले क्याथल्याब सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए। क्याथल्याब सेवाले मुटुको नशा बन्द भए नभएको थाहा पाउन 'एन्जीओग्राफी' का साथै हृदयाघात भएका बिरामीको बन्द नसा खुलाउन 'एन्जीओप्लास्टी', मुटुको बन्द भएको भल्ब खोल्ने 'भल्भलोप्लास्टी'  र धड्कनसम्बन्धी पेशमेकर सेवा उपलब्ध हुने केन्द्रका मुटुरोग विशेषज्ञ डा. कार्तिकेश ठाकुरले बताए।
केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलो पटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ।

वरिष्ट मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले भक्तपुरमा सफलतापूर्वक एनजिओग्राफी गरेको बताउँदै मुटु रोगीको संख्या बढ्दै गएकाले यस्ता सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजानु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा दैनिक रुपमा मुटुरोगीको संख्या बढ्दै गएको छ, त्यसको अनुपातमा मुटुको उपचारको सेवा विस्तार हुन सकेको छैन, यस्ता सेवालाई अन्य प्रदेशमा पनि सञ्चालन गर्न जरुरी छ ।’

 

मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरले अब भक्तपुर र पूर्वका विरामीले मुटुको उपचारका लागि अन्यत्र जानु नपर्ने बताउनुभयो । डा.ठाकुरले भन्नुभयो, ‘आजबाट यहाँ क्याथ ल्याब सेवा सुरु भएको छ, यसबारे मुटु रोग सम्बन्धी अधिकांश सेवा दिन सकिने भएको छ, यस मेसिनबाट एनजिओग्राफी, मुटुको नशा ब्लक भएको छ कि छैन हेर्ने, नशा ब्लक छ भने स्टेण्ड अर्थात जाली हाल्ने, पेश मेकर गर्ने, भल्वको समस्या छ भने त्यसलाई बेलुनबाट खुलाउने अर्थात पिटिएमसी जस्ता सेवाहरु दिन सकिन्छ, जनशक्ति उपलब्ध भए मुटुको भल्व समेत फेर्न सकिन्छ ।’

 

एनजिओग्राफी सम्पन्न गरेसँगै सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टले भक्तपुरमा सफलतापूर्वक एनजिओग्राफी गरेको बताउँदै उहाँले मुटुरोगीको संख्या बढ्दै गएकाले यस्ता सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजानु पर्ने बताए।

उनले भने, “नेपालमा दैनिकरुपमा मुटुरोगीको संख्या बढ्दै गएको छ, त्यसको अनुपातमा मुटु उपचारको सेवा विस्तार हुन सकेको छैन, यस्ता सेवालाई अन्य प्रदेशमा पनि सञ्चालन गर्न जरुरी छ।”

शहीद गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिस एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले दिँदै आएको सेवामा बिरामीको चाप बढेकाले त्यहाँ पालो कुरेर बस्नुपर्ने बिरामीलाई केन्द्रले सेवा दिन सक्ने भएको छ।

उनले भने, “गंगालाल र मनमोहनमा ओभर फ्लो भएका, त्यहाँ पालो कुर्नु पर्ने बिरामीलाई सरकारी शुल्क मै यहाँ सेवा दिन सकिन्छ, सस्तो सेवा भएकाले भक्तपुरका जनतालाई मात्रै नभई नेपालमा मुटुका बिरामीलाई यसले निकै राहत दिन्छ।”

कम्तीमा थप पाँच जना चिकित्सक र नर्स एवं प्राविधिक जनशक्ति थप गर्न सके नियमित रुपमा सेवा दिन सकिने उनको भनाइ छ। आवश्यक जनशक्ति र श्यया थप गर्नसके आकस्मिक उपचार समेत शुरु गर्न सकिने उनले बताए।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमै मुटुको सेवा संचालन गर्नु भक्तपुरका बासिन्दाका लागि खुसीको कुरा भएको बताउँदै भन्नुभयो, ‘मिर्गौला र कलेजो मात्रै होईन, भविश्यमा मुटु र फोक्सो समेत प्रत्यारोपण गर्ने योजना रहेको छ, मुटुको एनजिओग्राफी, एनजिओ प्लाष्टरदेखि मुटुको ओपन हार्ट सर्जरी समेत नभई मुटु प्रत्यारोपण गर्न सकिदैन, यसका लागि हामी प्रयासरत छौँ ।’

केन्द्रको शैया थप गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने र भौतिक पूर्वाधारको व्यबस्था भए मुटुको सबै सेवा यहीबाट सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । केन्द्रले २०६९ वैशाख ११ गतेबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको र २०७३ मंसिर २२ गते बुधबारबाट कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।  

 

 

 

ट्याग -  एनजिओग्राफी , हृदयरोग , क्याथल्याब

SUGGESTED ARTICLES

img
चिकन स्टेशन:कम मूल्ययुक्त सफा खानाका लागि लोकप्रियता प्राप्त

सन् २०१७ मा सुरू भएको चिकन स्टेशन अहिले बजेट अनुकूल क्याफेको रूपमा लोकप्रिय हुुँदै गएको छ।चिकन स्टेशन भर्खरै स्थापना भएपनि प्राय ग्राहकवर्ग हरू मा यस स्टेशनले निकै राम्रो प्रभाव पार्न सफल रहेको छ। खानाहरू स्वादिष्ट मात्र नभई सफा र स्वस्थलाभ हुुनाले नै यस स्टेशनको लोकप्रियता बढ्दै गएको हो। चिकेन स्टेशनमा खानाको मूल्यहरू पनि धेरै व्यावहारिक छन्।


by RSS | Aug 14

img