mobile

चीनी विश्वविद्यालय सहयोगमा नेपालमा एयरोनोटिक्स ईन्जिनियरिङ्

By Anu Rana on Jan 20,2018 - 21:07

अब एयरोनोटिक्स इन्जिनियरिङमा इक्षुक विद्यार्थीहरूले नेपाल मै अध्ययन गर्न मिल्ने बेबस्ता मिलाईदै छ । चीनी विश्वविद्यालय सहयोगमा नेपालमा एयरोनोटिक्स ईन्जिनियरिङ् चाँडै सुरु गर्ने क्सिन्हन्युजको रेपोर्ट रहेको छ ।

उक्त एरोवोटिक्स र एयरोनोटिक्स इन्जिनियरिङमा कार्यक्रम प्रथम चरणमा रहेको बताएका छन् । नेपालका त्रिभुवन विश्वविद्यालय (टियु) र चीनका नानजिंग विश्वविद्यालयल द्वारा संयुक्त रुपमा आयोजित काठमाडौं मा तीन दिनको कार्यशाला उक्त विषयमा क्षलफल गर्ने मोका पाएको हो । अब यी शैक्षणिक संस्थाहरू बीचको सम्झौता चाँडै हस्ताक्षर गरिनेछ ।

"हामी यो महत्त्वपूर्ण इन्जिनियरिङ कार्यक्रम सुरु गर्न धेरै नै खुसी छौं, यो नेपाली विद्यार्थीहरूका लागि नयाँ विषय हुनेछ । हामी विश्वास गर्छौं कि यस्तो अन्तर्राष्ट्रिय सहयोगले सक्षम मानव संसाधनहरू उत्पादन गर्न सक्ने छौ" त्रिभुवन विश्वविद्यालयका उपाध्यक्ष प्रोफेसर तीर्थ राज कन्हैयाले बताए । 

जबकि इन्जिनियरिङ इन्स्टीट्यान प्रोफेसर त्रि रत्न बज्राचार्यले भने, "नेपाल एक हिमालि देश हो जहाँ विमानस्थलको सबैभन्दा ठूलो ट्राफिक छ, यो कार्यक्रम नेपाली विद्यार्थीहरूको लागि उपयुक्त हुनेछ " इन्स्टीट्यान ओफ इन्जिनियरिङका डिन प्रोफेसर त्रि रत्न बज्रचार्यले बताए । उनले थपिन् कि उनी यो कार्यक्रममा विश्वव्यापी प्रतिस्पर्धी र सक्षम पेशेवरहरू उत्पादन मदत पुर्याउने छन् ।

यस अघि त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयहरुमा १८ वटा चीनी विश्वविद्यालयहरूसँग सम्झौता (एमओयू) हस्ताक्षर गरेको छ ।

त्यस्तै नेपाल र चीनवीचमा गर्नुपर्ने अर्को महत्पूर्ण सम्झौता भनेको नेपाल र चीनको अध्ययन क्षेत्रको सम्झौता हो । चीन अहिले विश्वकै शिक्षाको गन्तव्य बन्दै छ । विश्वका विभिन्न देशहरुबाट चीन अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । तर, अन्य देशको तुलनामा नेपालबाट चीन अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या निकै कमी रहेको छ । कम्तिमा चीन सरकारले नेपाललाई उपलव्ध गराउँदै आएको छात्रवृत्ति संख्या बढाउनेतर्फ पहल भयो भने यसको फाइदा नेपाली विद्यार्थीहरुलाई हुनेछ ।

नेपाल प्रती उनेमुख हुने विश्वविद्यालयहरुमा नान्जिङ युनिभर्सिटी अफ एयनोटिक्स एण्ड एक्स्टोनोटिक्स, ज्याङ्सु युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ जियो साइन्सेस, सान्दोङ नर्मल युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ माइनिङ एण्ड टेक्नोलोजी र सान्दोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको रहेका छन् ।

चिनले मेपालका लागी के-के गरेका छन् त ?

अहिले नेपाली बिद्यार्थी मात्र चीन गइरहेका छन्, चीनका बिद्यार्थी नेपाल आउन पाएका छैनन् । ‘हामीसँग त्यसका लागि पर्याप्त पूर्वाधार नै उपलब्ध छैन,’ मानविकी संकायका डिन शिवलाल भुसाल भन्छन् ।

सन् २०११ यताका ६ वर्षमा १८ वटा चिनियाँ विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयसँग द्विपक्षीय सम्बन्ध स्थापना गरिसकेका छन् ।

मानविकी संकायका १२ बिद्यार्थी अहिले सिचुवान विश्वविद्यालयमा अध्ययनरत छन् । हालसम्म ८० बिद्यार्थी उक्त विश्वविद्यालयबाट दिक्षित भइसकेका छन् ।

बेइजिङस्थित ‘दी चाइनिज एकेडेमी अफ साइन्सेस’ले भने त्रिवि परिसरमा रिसर्च सेन्टर निर्माण गरिरहेको छ । रिसर्च सेन्टर फर अप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकास्ट)को पछाडिपट्टि उक्त एकेडेमीको भवन निर्माणाधीन छ ।

१९ अगस्ट २०१४ मा त्रिविसँग भएको एमओयुअनुसार सञ्चालनमा आउनुअघि नै उक्त एकेडेमीले नेपाली वैज्ञानिकहरुलाई चीनमा अध्ययनको अवसर दिइरहेको छ । १८ अगस्ट २०१९ सम्म अवधि रहेको एमओयुको नवीकरण फाइदाजनक हुने निष्कर्षमा त्रिवि पदाधिकारीहरु पुगेका छन् ।

ट्याग -  एयरोनोटिक्स इन्जिनियरिङ , त्रिभुवन विश्वविद्यालय (टियु)

SUGGESTED ARTICLES

img
नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय नुवाकोटमा

रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ । नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष र चारवटा पहुँचयोग्य शौचालय हालै निर्माण गरिएको छ । जनजागरण सामुदायिक पुस्तकालयको


by RSS | Today, 12:19 PM

img