mobile

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

By R. sharma on Jan 19,2018 - 22:49

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको थियो । तीन घण्टा लामो छलफलमा शनिबार थप गृहकार्य गर्ने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने समझदारी भएको छ ।

ट्याग -  प्रचण्ड दाहाल

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img