mobile

राष्ट्रिय बाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंक मर्ज हुँने

By Anu Rana on Jan 21,2018 - 10:43

राष्ट्रिय वाणिज्य बैंक (RBB) र एनआईडीसी डेभलपमेन्ट बैंक अब एक आपसमा गाभिने भएका छन् । एक बराबर एक स्वाप रेशियोको समान हैसियतमा गाभिन लागेका एनआईडीसीले माघ १९ गते र राष्ट्रिय वाणिज्य बैंकले माघ २० गते बिशेष साधारण सभा बोलाएका छन् ।

यो मर्जर प्रक्रियामा एनआईडीसीका साधारण सेयरधनीले असन्तुष्टी जनाउदै आएका छन् । एनआईडिसीेका असन्तुष्ट सर्वसाधारण सेयरधनीलाई रकम फिर्ता गर्ने प्रस्ताव समेत साधारणसभामा राखिएको छ ।

एनआइडिसीमा सर्वसाधारण सेयरधनीको एक प्रतिशत (३० हजार ९१० कित्ता) सेयर स्वामित्व रहेको छ । सरकारको स्वामित्व ९९.२६ प्रतिशत छ ।

सम्पत्ति तथा जायजेथा मूल्याङ्कन अनुसार कायम भएको मूल्य प्रतिकित्ता ४ हजार ४८४ रुपैया ३० पैसाका दरले फिर्ता दिने प्रस्ताव पनि साधारणसभामा लगिदै छ ।

राष्ट्रिय बाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंक आपसमा मर्ज हुँने भएका छन् । यि बैंक १:१  सेयर स्वापको समान हैसियतमा मर्ज हुँ भएका हुन् ।दुबै बैंकको सम्पति तथा दायित्व मूल्याङ्कनबाट समान सेयर स्वाप रेसियो तय भएको हो ।

 

हाल राष्ट्रिय बाणिज्य  बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने  एनआइडिसी बैंकको चुक्ता पूँजी ४१ करोड ५८ लाख रुपैयाँ  रहेको छ ।  मर्जर पश्चात बैंकको  चुक्ता पूँजी  ९ अर्ब रुपैयाँ पुग्नेछ । वाणिज्य बैंकसँग गाभिने औपचारिक निर्णय लिन एनआईडीसीले माघ १९ गते विशेष साधारणसभा डाकेको छ ।

विशेष साधारण सभामा एनआईडीसीले सेयर आदनप्रदान अनुपातमा मर्जरमा असन्तुष्ट लगानीकर्तालाई कम्पनी ऐनको दफा १७७ को उपदफा (७) अनुसार  सम्पत्ति तथा जायजेथा मूल्याङ्कनअनुसार कायम भएको मूल्य प्रतिकित्ता ४ हजार ४८४ रुपैयाँ ३० पैसाका दरले फिर्ता दिने प्रस्ताव गरेको छ ।

एनआईडिसी बैंकमा लगानीकर्ता रहेका सर्वसाधारण सेयरधनीले असन्तुष्टि व्यक्त गरेपछि बैंकले विशेष साधारण सभामा रकम फिर्ता गर्ने प्रस्ताव गरेको हो ।

असन्तुष्टलाई रकम फिर्ता


सेयर आदनप्रदान अनुपातमा मर्जरमा असन्तुष्ट लगानीकर्तालाई कम्पनी ऐनको दफा १७७ को उपदफा (७) अनुसार एनआईडीसीले सम्पत्ति तथा जायजेथा मूल्याङ्कनअनुसार कायम भएको मूल्य प्रतिकित्ता चार हजार चार सय ८४ रुपैयाँ ३० पैसाका दरले फिर्ता दिने प्रस्ताव समेत अघि सारिएको छ । एनआईडिसी बैंकमा लगानीकर्ता रहेका सर्वसाधारण सेयरधनीले असन्तुष्टि व्यक्त गरेपछि बैंकले विशेष साधारण सभामा रकम फिर्ता गर्ने प्रस्ताव गरेको हो । 

आईपिओको चर्चा हल्लामै सिमित 

बाणिज्य बैकले ३० प्रतिशत साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भनेपनि हालसम्म प्रक्रिया अघि बढेको छैन् । सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले पटक पटक साधारण सेयर निष्काशन गर्ने बताउँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा नै सेयर निष्काशन गर्ने निर्णय गरिसकेको भए पनि अहिलेसम्म बैंकले सेयर निष्काशनको काम अघि बढाएको छैन ।

एकताका सेयर बजारमा वाणिज्य बैंकले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने चर्चाले तरंग ल्याएको थियो । बैंकले पटक पटक सरकारसँग आइपिओ जारी गर्ने अनुमति मागेको भएपनि सरकारले वाणिज्य बैंकको आइपिओ जारी गर्ने बारे कुनै चासो देखाएको छैन ।

अस्थिर सरकारका कारण पटक पटक अर्थमन्त्री परिर्वतन भइरहदा पनि यो बिषय लाग्न नसकेको हो  । विगतका केही अर्थमन्त्री आइपिओको पक्षमा थिए भने केही मन्त्रीले आइपिओ जारी गर्न नहुने तर्क गर्दे आएका थिए ।

ट्याग -  बाणिज्य बैक , एनआईडिसी बैंक

SUGGESTED ARTICLES

img
व्यवसायी महासंघको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ


by RSS | Aug 15

img