mobile

अध्यक्ष ‘प्रचण्ड’–उत्तर कोरियाली राजदूत भेटवार्ता

By RSS on Jan 21,2018 - 19:32

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उत्तर कोरियाका राजदूत किम योङ हकले भेटवार्ता गर्नुभएको छ । 

माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा आज भएको भेटमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै टुंगोमा पुग्न लागेको बताउनुभएको उहाँका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । 

अध्यक्ष दाहालले कोरियाली नेता किम इल सुङको संघर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण तथा संविधान कार्यान्वयनमा दल मिलेर सफलता हासिल गरेको जानकारी दिनुभयो । 

वाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष दाहाललाई राजदूतले बधाई दिनुभएको थियो । 

राजदूत किमले आगामी सेप्टेम्बरमा हुने कोरियाली कम्युनिष्ट पार्टीको ७०औँ पार्टी स्थापना दिवसमा आतिथ्यका लागि अध्यक्ष दाहाललाई निमन्त्रणा गर्नुभएको थियो । जवाफमा अध्यक्ष दाहालले कोरियाली कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीकोतर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल उपस्थित हुने जानकारी दिनुभयो । 

राजदूत किमले कोरियाली प्रायद्वीपका जनता राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा अध्यक्ष दाहालको नेतृत्वमा चलेको जनयुद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुशी व्यक्त गर्नुभयो । 
––– 

ट्याग -  प्रचण्ड

SUGGESTED ARTICLES

img
राजपा नेता महेन्द्र यादवले प्रतिनिधि सभाका सदस्यलाइ सपथ खुवाउने 

सघीय संसद्का नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसा यही फागुन २० गते आइतबार श अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनु हुनेछ ।


by R. sharma | Feb 25

img