mobile

काठमाडौं महानगरका सबै वडा कार्यालयमा फ्रि वाइफाई सेवा

By Anu Rana on Feb 03,2018 - 12:44

काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडा कार्यायलमा निःशुल्क इन्टरनेट ९फ्रि वाइफाई० सेवा सुरुवात गरेको छ । आफ्ना सेवालाई स्मार्ट बनाउँदै लैजाने घोषणा गरेको महानगरपालिकाले वडा कार्यालयमा फ्रि वाइफाई सेवा सुरु गरेको हो ।महानगरपालिकाले निःशुल्क वाइफाइ सेवा संचालनमा ल्याएको छ । महानगरपालिकाले यसअघि नै सबै वडा कार्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा गरेको थियो । महानगरपालिकाले विभिन्न सार्वजनिक स्थानलाई पनि फ्रि वाइफाइ जोनका रुपमा विकास गर्न पनि तयारी गरिरहेको छ ।महानगरपालिकाले सिटीहल राष्ट्रिय सभागृह मा बुधबारदेखि निःशुल्क वाईफाई सेवा सुरु गरेको हो ।

काठमाडौं महानगरको १० नम्बर वडा कार्यालयले चहलपहल बढी हुने ४ वटा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु गरेको छ ।

बुधबार एक कार्यक्रमबीच महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, छक्कुपक्कु मन्दिर बानेश्वर पार्क, सानो गौचरन, थापागाउँ चोक र बुद्धनगर सेतो गणेश मन्दिर चोकमा निःशुल्क वाइफाइ सेवा थालनीको थालनी गरे । यि क्षेत्रलाई वडा कार्यालयले ‘फ्रि वाइफाइ जोन’ भनेको छ ।

महानगर प्रमुख शाक्यले सहभागिता मार्ग र रुद्र मार्गमा राखिएका १६ वटा सीसीटिभी क्यामराको पनि संच्चालनमा ल्याएका छन्  । सेवा सुरुवात गर्दै मेयर शाक्यले राजनीति भन्दा बढी विकासको वाटो रोज्ने   समय आएको बताए का छन् । ‘सहरलाई समृद्ध बनाउनु त छँदैछ, यसबाहेक अव सुरक्षित र व्यवस्थित बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्छ । यसका लागि म प्रतिवद्ध छु,’ उनले भने ।

वडा नंं १० का वडाध्यक्ष रामकुमार केसीले साना योजना बनाउनु पर्दा पनि १० लाख  भन्दा बढी लागत लाग्ने  भएको हुदा त्यस्तो योजना लाई स्वीकृत गराउन केन्द्रमै जानुपर्दा समयमै विकासका काम गर्न नसकेको बताए ।

‘५० मिटर दूरीको दृश्य संग्रह गर्ने क्षमता भएका सीसीटिभीले नागरिकलाई सुरक्षित महसुस गराएको छ । क्यामेरा जडान गर्ने वित्तिकै हेल्मेट चोर्ने, पसलबाट तेलको कार्टुन चोर्ने, दुर्घटना गरेर भाग्ने व्यक्ति पक्राउ परिसकेका छन् भने लागू पदार्थका दुव्र्यसनीहरु निगरानीमा छन्,’ उनले भने ।

रक्षित महसुस गराएको छ । क्यामेरा जडान गर्ने वित्तिकै हेल्मेट चोर्ने, पसलबाट तेलको कार्टुन चोर्ने, दुर्घटना गरेर भाग्ने व्यक्ति पक्राउ परिसकेका छन् भने लागू पदार्थका दुव्र्यसनीहरु निगरानीमा छन्,’ उनले भने ।

 

ट्याग -  निःशुल्क इन्टरनेट , बानेश्वर पार्क

SUGGESTED ARTICLES

img
काठमाडौँ महानगरपालिकामा स्मार्ट पार्किङ निर्माण गर्दै  

काठमाडौं महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि न्यूरोडमा स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ ।  उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ ।


by Anu Rana | Apr 28

img