mobile

मुगु जिल्लामा  स्याउका बिरुवा काटछाँट गरिँदै

By Anu Rana on Feb 05,2018 - 12:47

यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा नै  भयो न त  हिमपात नै भयो , यदी समयमा नै वर्षा र हिमपात हुनु हो भने कृसकहरुको वगैचमा प्रशस्त मात्रामा स्याउ खेती हुन्थ्यो भने हिउँदे वाली पनि प्रशस्त हुने थियो । र किसानको अनुहारमा खुशीले भरीएको हुने थियो ।  तर यस वर्ष माघ महिना सकिन लाग्दासमेत जिल्लामा हिमपात र वर्षा नभएकाले कृषकमा चिन्ता छाएको छ । हिमपात नहुँदा स्याउ उत्पादन र हिउँदे बाली उत्पादनमा कमी आउने भएकाले किसान चिन्तित भएका हुन्।

 

पौष दोस्रो साता देखि फागुन पहिलो साता भित्र सम्म स्याउ वगैँचा व्यवस्थापन गर्ने उपयुक्त समय मानिन्छ । यति वेला मुगुका स्याउ किसानहरु स्याउका विरुवा नयाँ रोप्ने, काट् छाट् गर्ने, काटेको ठाँउमा वोडो मिक्चर लगाउन, विरुवालाई मल खात गर्न र सिचाई गर्ने वेला हो ।

हिमपात र वर्षा नभएपछि जिल्ला कृषि विकास कार्यालयले पनि कृषकका लागि वितरण गर्ने स्याउका बिरुवा ढिलो गरी खरिद गर्न लागेको छ । त्यस्तै स्याउ कृषकले अल्छी मानी मानी स्याउ बगैंचा काटछाँट गर्न लागेका छन् भने स्याउ नर्सरी धनीले उत्पादन गरेका स्याउका बिरुवा नर्सरीमा नै छन् । समयमा हिमपात नहुँदा नर्सरीमा उत्पादन गरिएका बिरुवा कसैले नलिदा नर्सरीमा नै बिरुवा सुक्ने हुन की भन्ने चिन्ता लागेको छायानाथ रारा नगरपालिका–५ का नर्सरी कृषक सक्कबहादुर बुढाले बताए।

देश संघीय संरचनामा गइसकेपछि बजेट स्थानीय तहमा गएको र निकासामा समेत विलम्ब भएकाले समयमै स्याउका बिरुवा खरिद गरी कृषकलाई वितरण गर्न ढिलाइ भएको जिल्ला कृषि विकास कार्यालयले बताएको  छ । कार्यालयले स्थानीय तहसँग समन्वय गरी जिल्लामा उत्पादित स्याउका बिरुवा खरिद गरी अबका केही दिनमा वितरण सुरु गर्ने भनेका  छन् । मुगु जिल्लामा थोरै मात्रामा वर्षा परे पनि स्याउ खेतीमा कुनै पनि असर नपर्ने भएकोले यो वर्ष स्याउ उत्पादन हुदै कि भन्ने चिन्ता कृषिकहरुले नलिनु पर्ने मुगु कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत   नुनुलाल उरावले बताए।

हिमपात नभए पनि स्याउका बगैंचा मा काटछाँट गर्दा खासै फरक नपर्ने  भएता पनि वर्षा र हिमपात को कारण  सोचेजस्तो स्याउ उत्पादन हुन नसक्ने छायानाथ रारा नगरपालिका–५ का स्याउ कृषक हरिचन्द्र कुलालले बताए । अहिले जिल्ला कृषि विकास कार्यालयबाट स्याउ बगैंचा मा काटछाँट गर्नका लागि कसैले कुनै सल्लाह नदिए पनि आफूले १० वर्षसम्म अगाडी भारतको हिमाञ्चलमा सिकेको सीपलाई आफैले  जिल्लामा नै प्रयोग गरिरहेको बताए । ‘हिजोआज मैले मेरो तीनवटा बगैंचा काटछाँट गरेर ताल्चमा रहेका स्याउ कृषकका बगैंचा काटछाँट गरिरहेको छु,’ उनले भने । आफूसँग स्याउ खेती सम्बन्धी प्रशस्त ज्ञान सीप भएपनि अहिले दैनिक ज्याला मजदुरीमा गाउँलेहरुका बगैंचा काटछाँट गर्नु परेको उनको भनाइ छ।

उच्च लेकाली बस्तीका किसानले स्याउ सिँचाइका लागि हिउँसमेत जम्मा गरेका छन् । यातायात सुविधा पुगेपछि ढुवानी सहज हुँदा व्यावसायिक खेतीमा किसानको आकर्षण बढदै गएको स्थानीयले बताए । जिल्ला कृषिका उमाकान्त भण्डारीले स्याउमार्फत यहाँका किसान आत्मनिर्भर बन्न थालेको जनाए । किसानले कलमी गरेको स्याउ प्रतिबोट ३० रुपैयाँमा बिक्री गर्छन् ।

 

 

 

 

 

 

 

ट्याग -  हिमपात र वर्षा , सिँचाइ , स्याउ , वगैँचा

SUGGESTED ARTICLES

img
छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११.२ मेट्रिकटन रासायनिक मल बिक्री गरेको छ । कार्यालयले यस आवका लागि विभिन्न ६० वटा सहकारीलाई सूचीकृत गरेकामा ती सहकारीमार्फत युरिया, डिएपी र पोटास बिक्री भएको कामु शाखा प्रबन्धक मुरलीमोहन रेग्मीले जानकारी दिनुभयो ।


by RSS | Nov 20

img