mobile

इम्बोस्ड नम्बर प्लेटका लागि अब अनलाईन आवेदन दिन सकिने

By Anu Rana on Feb 05,2018 - 14:30

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार नेपालमा पहिलो पटक इम्बोस्ड नम्बर प्रणाली लागू गरिएको हो । इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन सर्किट’ राखिने भएकाले कुनै पनि नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा छ भन्ने सजिलै पत्ता लगाउन सकिने छ । त्यसका लागि विभागले राजधानीको थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुन तथा बाहिरका ५ गरी १० स्थानमा चेक प्वाईन्ट राखेको छ ।
सरकारले प्रदेश संरचना अनुसार इम्बोष्ड नम्बर प्लेट जडानका लागि आवेदन खुला गरने भएकको छ । यातायात व्यवस्था विभागले ३ पाङ्ग्रे, ४ पाङग्रे साना र ४ पाङग्रे ठूला सवारी साधनमा इम्बोष्ड नम्वर प्लेट वितरणका लागि अनलाईन मार्फत आवेदन खुला गरेको हो।

सवारीधनिहरुले आफनो सवारी साधनको ब्लु बुक देखाएर आवेदन दिन सक्ने छन् ।२०१६ मे ३० मा नेपल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायाता व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी बिच ५ वर्ष भित्र २५ लाख इम्बोस्ड नम्बर बनाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो। सो कार्यको लागि नेपाल सरकारले मूल्य अधिवृद्धी कर सहित ४ करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलर ठेकेदार कम्पनीलाई भुक्तान गर्नेछ।

कसरी लिने इम्बोस्ड नम्बर ?

सबैभन्दा पहिला विभागको समय तालिका अनुसार सवारी धनीले ‘इम्बोस्ट नम्बर प्लेट’ जडानको लागि अनलाइन आवेदन भर्नुपर्ने छ । त्यसपछि त्यो आवेदन विभागको सिस्टममा आउँछ र उसले ‘इम्बोस्ट नम्बर प्लेट’ उत्पादक डेकाटुर टाइगर कम्पनीमा पठाउनेछ । अमेरिकाको डेकाटुर र बंगलादेशको टाइगर आइटी कम्पनीले संयुक्त रुपमा डेकाटुर टाइगर नाम दिएर इम्बोस्ट नम्बर प्लेट उत्पादन गर्दैछन् ।

उत्पादक कम्पनीले विभागबाट आएको विवरणअनुसारको प्लेटमा रहेको आरएफआईडी ९रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन० चिप्ससहितको स्टिकरमा सबै विवरण राखेर विभागमा पठाउँछ ।

त्यसरी तयार भएको नम्बर प्लेटमा उल्लेख भएको विवरणमा गाडी धनीको फोन नम्बर पनि हुन्छ त्यो नम्बरमा प्लेट तयार भएको र जडान गर्न आउन सम्बन्धित धनीलाई म्यासेज जान्छ । त्यसपछि विभाग वा तोकिएको ठाउँमा गई एक हप्तामा इम्बोस्ट नम्बर प्लेट जडान गर्न सकिन्छ । गाडीको सम्पूर्ण आवश्यक विवरणसहित त्यो आवेदन भरिसकेपछि निर्धारित रकम राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरेको भौचर नम्बरसहित पोष्ट गर्नुपर्छ ।
प्लेटको बायाँ साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी ल्भ्ए र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुनेछ । प्लेटको माथि अंचल जनाउने गरी अंग्रेजीमा लेखिएको र अंचल पछि संघियतामा गए पश्चात त्यही अनुसार संघियता जनाउने गरी लेखिने छ । त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र त्यसको मुनी बढीमा चार अंकहरु राखिएका हुनेछन् । दुई पाङ्ग्रे बाहेकका सबै गाडीमा अगाडि ध्ष्लम क्अचभभल न्बिकक को भित्रपट्टीबाट च्ँक्ष्म् एण्टीना क्तष्अपभच ९त्जष्चम ल्इ। एबितभ० राखिएको छ । त्यो चिप्समा गाडी र गाडीधनीको सम्पूर्ण विवरण राखिएको छ । मोटरसाइकलको हकमा पछाडि पट्टीको नम्बर प्लेटमा विशेष प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र त्यसमा आरएफआइडी स्टीकरको सम्पूर्ण विवरण राखिएको छ ।

ट्याग -  इम्बोस्ट , नम्बर प्लेट , जडान

SUGGESTED ARTICLES

img
सूचनामैत्री बन्दै स्थानीय तह

दाङको तुलसीपुर उपमहानगरपालिका सूचना शाखामा पुग्दा अहिले जो कोही दङ्ग हुने गरेका छन् । उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्रकुमार खरेलले कार्यालयमा विद्युतीय सूचना पार्टीको व्यवस्था गरेर सबैलाई सहज पहुुँच हुने गरी सूचना सार्वजनिकीकरणको व्यवस्था गर्नुभएको छ । सूचनाको हकसम्बन्धी प्रशिक्षण लिएर कार्यक्षेत्रमा पुग्नुभएका खरेलले अहिले नगरपालिकाको सबै गतिविधिलाई ‘डिजिटाइज’ गर्न विद्युतीय सूचना पाटी कार्यान्वयनमा ल्याउनुभएको हो ।


by RSS | Today, 12:29 PM

img