mobile

लागु औषधको मुद्दामा एभरेष्ट होटलका मालिक मशकुर लारी पक्राउ  

By Anu Rana on Feb 09,2018 - 18:13

काठमाडौको नयाँ बानेश्वरस्थित पाँच तारे द एभरेष्ट होटल केहि समय देखी  बन्द रहेको पाँच तारे होटलका मालिक मशकुर अहमत लारी लागु औषधको मुद्दामा पक्राउ परेका छन् ।महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज प्रहरी वृत्तको टोलीले उनलाई बिहीबार महाराजगन्जबाटै पक्राउ गरेको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले बताए।

प्रहरीले २०५५ सालमा लारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो । मुद्धा जिल्ला अदालत काठमाडौबाट पुनरावेदन अदालत पाटन हुदैं अहिले सर्वोच्चमा पुगेको छ । सर्वोच्चमा लारीले ‘दोहोर्याउ पाऊँ’ निवेदन दर्ता गरेका छन् । मास्कोर भनिने मस्कुर अहमद लारी विरुद्धको मुद्धाको हालको अवस्था गुमनाम छ ।

२०५५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै २५० केजी चरेस जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा बरामद भएको थियो । जर्मनी उड्ने जहाजमा यात्रुहरुलाई दिइने खानासंगै लागूऔषधको ओसार पसार हुने गरेको तथ्य त्यही बेला खुलासा भएको थियो । जर्मन दूतावास समेतको जाहेरीमा प्रहरीले अनुशन्धान गर्दा होटलका मालिक मस्कुर अहमद लारी पनि लागूऔषध कारोबारमा संलग्न भएको भन्दै उनीविरुद्ध पनि मुद्धा दर्ता भएको थियो ।लारीलाई अहिले जिल्ला अदालत काठमाडौं बुझाइसकेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए।

को हुन् लारी ?

काठमाडौंको नयाँ बानेश्वरस्थित ३२ रोपनी क्षेत्रफलमा फैलिएको पाँच तारे द एभरेष्ट होटलका मालिक हुन्, मस्कुर अहमद लारी। वर्षौंअघिदेखि नेपालमा व्यापार व्यवसाय गरेर बसेका लारी भारतीय मूलका नागरिक हुन्। उनको पुर्ख्यौली ठेगाना कलकत्ताको अलिपुर कोनार्क गार्डेन ६, बर्डवान रोड हो।

उनले चलाउँदै आएको उक्त होटल काका र ठूलोबुबाका छोराछोरीबीचको विवादले एभरेष्ट होटल कसको ? भन्ने विवाद जिल्ला र पुनरावेदन हुँदै सर्वोच्च अदालत पुगेको थियो। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले निर्णय सुनाउन तोकेको पाँचवटा पेशीपछि माघ २१ गते अन्तिम फैसला दिँदै एभरेष्ट होटलको स्वामित्व मस्कुर अहमद लारी र उनकी श्रीमती नज्मा मस्कुर अहमद लारीको भएको फैसला गरेको थियो।

 

के थियो मुद्दा ?

२०५५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २५० किलो चरेस जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा बरामद भएको थियो। जर्मनी उड्ने जहाजमा यात्रुहरूलाई दिइने खानासँगै लागुऔषधको ओसारपसार हुने गरेको तथ्य त्यही बेला खुलासा भएको हो। जर्मन दूतावाससमेतको जाहेरीमा प्रहरीले अनुसन्धान गर्दा एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारी पनि लागुऔषध कारोबारमा संलग्न भएको भन्दै उनीविरुद्ध प्रहरीले २०५५ सालमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो तर अदालतले उनको मुद्दा तामेलीमा राखेको थियो। तर २०६६ पुस २० मा काठमाडौं जिल्ला अदालतले उनको नाममा पक्राउ वारेण्ट जारी गरेको थियो। उनको मुद्दा जिल्ला अदालत काठमाडौ‌ंबाट पुनरावेदन अदालत पाटन हुँदै अहिले सर्वोच्चमा पुगेको छ।

लारीविरुद्धको मुद्धा नेपालमा मात्रै नभएर जर्मन सरकारको पनि चासोको विषय हो । २०६६ साल पुस २० मा काठमाडौ जिल्ला अदालतले लारीको वास्तविक नाम के हो भन्ने जान्न सोधेको पत्रमा वादी नेपाल सरकार र जर्मन दूतावास भनेर उल्लेख छ । जर्मन दूतावास समेतको उजुरीमा यो मुद्धा शुरु भएको थियो । यसकारण यो मुद्धा नेपालको प्रतिष्ठासँंग समेत जोडिएको विषय बनेकोछ ।

ट्याग -  द एभरेष्ट होटल , मस्कुर अहमद लारी

SUGGESTED ARTICLES

img
निक्षेप संकलन घट्यो

विदेशी मुद्रामा वाणिज्य बैंकहरुमा हुने निक्षेप घट्दा निक्षेप ओरालो लागेको छ । संचालनमा रहेका २८ वाणिज्य बैंकसँग गत माघको ७ सम्ममा २२ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप थियो ।


by Anu Rana | Feb 24

img