mobile

प्रदेश नम्बर ३ मा गठन भयो प्रदेश सरकार

By R. sharma on Feb 12,2018 - 21:56

 प्रदेश नम्बर ३ मा प्रदेश सरकार गठन भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौड्यालले मन्त्रिपरिषद् विस्तार गरेका छन्।प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा मुख्यमन्त्री पौड्यालले एमाले र माओवादी केन्द्रका तर्फबाट मन्त्रीलाई शपथ ग्रहण गराएका छन्। माओवादीबाट प्रदेश ३ का संसदीय दलका नेता समेत रहेका शालिकराम जम्कट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्री र एमालेका तर्फबाट केशव स्थापितलाई भौतिक योजना तथा निर्माण मन्त्रीको रुपमा शपथ ग्रहण गराएका छन्।प्रदेश ३ मा बाम गठवन्धन सत्तामा रहेको छ भने कांग्रेस प्रमुख प्रतिपक्षी रहेको छ । 

ट्याग -  प्रदेश नम्बर तीन

SUGGESTED ARTICLES

img
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५-७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताउनुभयो । 


by RSS | Today, 12:53 PM

img