mobile

नेपालद्धारा केन्या ३ विकेटले पराजित,सन्दिप लामिछाने म्यान अफ म्याच

By R. sharma on Feb 12,2018 - 22:07

निकै रोमञ्चक प्रतिष्प्रर्धाका बीच नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ। नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो चौथो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य ३ विकेट बाँकी रहदै पार गरेको हो। नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए। त्यस्तै कप्तान पारस खड्का र आरिफ शेखले ४२-४२ रन बनाए। शरद भेषवाकरले १९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। केन्याका लागि इबी रिंगाराले महत्वपूर्ण ३ विकेट लिए। उनले पारस खड्का र शरद भेषवाकरलाई आउट गरेका थिए। एनएन ओडिम्बो, एनएम ओडिम्बो र एसओ एन्गोचेले १-१ विकेट लिए। खेलमा नेपालका सन्दिप लामिछाने म्यान अफ म्याच घोषित भए। एकदिवसीय विश्वकप छनोट प्रतियोगिता तथा इन्टरकन्टिनेन्टल कपमा दुई टिम छनोट गर्नका लागि आयोजित प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिबियामाथि १ विकेटको जित हात पारेको थियो। दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा युएईमाथि ४ विकेटको जित हात पारेको छ। ३ खेलमा जितसँगै नेपालको छनोट सम्भावना बढेको छ। नेपालले अन्तिम खेलमा बुधबार क्यानडाको समाना गर्ने भएको  छ । 

 

ट्याग -  किक्रेट

SUGGESTED ARTICLES

img
मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

यहाँ मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ । पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून व्यवसायी


by RSS | May 16

img