mobile

आयोगद्धारा कांग्रेस,माओबादी केन्द्र र राजपालाई नामावली संचाउन आग्रह

By R. sharma on Feb 12,2018 - 22:44

निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ ।

निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले आयोगले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गर्ने निर्णय गरेको बताइएको छ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

 

ट्याग -  निर्वाचन आयोग

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img