mobile

राष्ट्रपति, उपराष्ट्रपति र प्रधामन्त्रीबाट महाशिवरात्रिको शुभकामना

By R. sharma on Feb 13,2018 - 08:53

महाशिवरात्रिको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री विभिन्न दलका नेताहरुले छुट्टा छुटै शुभकामना सन्देश दिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिनुभएको सन्देशमा उहाँले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना गनुभएको छ ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले समस्त हिन्दू धर्मावलम्वीको पवित्र पर्व महाशिवरात्रिका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

शिवरात्रिका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिनुभएको छ ।

शिवरात्रिका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गर्नुभएको छ ।

ट्याग -  शिवरात्रि

SUGGESTED ARTICLES

img
समितिका सभापतिको निर्वाचन १२ दिनपछि

प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिनुभयो । बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराउनुभयो । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् ।


by RSS | Aug 17

img