mobile

प्रचण्ड र बेलायतका रक्षामन्त्री ल्यान्क्यास्टरबीच भेटबार्ता

By R. sharma on Feb 13,2018 - 09:52

बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटका अवसरमा अध्यक्ष प्रचण्डसँग रक्षामन्त्री मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राख्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ । 

सचिवलायका अनुसार भेटमा रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षका बारेमा समेत अध्यक्षसँग छलफल गर्नुभएको थियो ।

रक्षामन्त्री मार्कका जिज्ञासबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा (एमाले)सँगको एकताको प्रक्रिया अघि बढाइएको बताउनुभयो । पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने वहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपालको संविधानले व्यवस्था गरे अनुरुप थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित भएको समेत बताउनुभयो ।

स्थायित्व र राजनीतिक स्थिरता भए सुशासनको प्रत्याभूति हुने बताउँदै अध्यक्ष प्रचण्डले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा बेलायतले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती जनतालाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरुको समस्याका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो । रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरुको समस्याका बारेमा बेलायत सरकार गम्भीर रहेको बताउनुभयो ।

ट्याग -  प्रचण्ड

SUGGESTED ARTICLES

img
राजपा नेता महेन्द्र यादवले प्रतिनिधि सभाका सदस्यलाइ सपथ खुवाउने 

सघीय संसद्का नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसा यही फागुन २० गते आइतबार श अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनु हुनेछ ।


by R. sharma | Feb 25

img