mobile

नगरका सडक विस्तार गरिँदै

By RSS on Feb 13,2018 - 14:34

जैमिनी नगरपालिकाभित्रका सडक विस्तार गर्ने कार्य शुरु भएको छ । नगरका सबै वडासम्म जोडिएका मुख्य सडकलाई सात मिटर चौडा गर्न लागिएको हो । सडक विस्तारसँगै नाली, पर्खाललगायत पूर्वाधार निर्माण भइरहेको छ । अव्यस्थित सडकले दुर्घटनाको जोखिम बढाएका कारण सडकको स्तर वृद्धि योजना नगरपालिकाले अघि बढाएको छ । 

चालु आवमा रु एक करोडभन्दा बढी बजेट सडकका लागि छुट्ट्याइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो । कुश्मीसेरा–दमेक–पैंँयूथन्थाप–राङखानी हुँदै बरेङ गाउँपालिका जोड्ने सडक सुधारको लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । 

यस्तै, कुश्मिसेरा–सर्कुवा–व्याडथला हुँदै बरेङ गाउँपालिका जोड्ने अर्को सडकलाई रु ४० लाख ८० हजार बजेट छुट्ट्याइएको छ । दुबै सडक स्तरवृद्धिका लागि लागत योजना तयार गरेर काम शुरु गरिएको सुवेदीले बताउनुभयो । “साँधुरा र जीर्ण सडक सुधार गरेर बाह्रैमास चल्ने बनाउँदैछौ,” उहाँले भन्नुभयो । 

नगरभित्र नयाँ सडक मापदण्ड पुर्याएर मात्र खोलिने छ । सडक चक्लाएर ठूला सवारी साधन गुडाउने योजना रहेको जैमिनी नगरपालिका–९ का वडाध्यक्ष भगिन्द्रकुमार थापाले बताउनुभयो । नियमित मर्मतसुधार नुहँदा ग्रामीण भेगका अधिकांश सडक जीर्ण अवस्थामा छन् । 

नगर प्रमुख इन्द्रराज पौडेल भएका सडकलाई स्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई सडक सञ्जालसँग जोड्ने योजना बनाएको छ । आगामी दुई वर्षभित्र नगरभित्रका ८० वटै विद्यालयसम्म सडकको पहुँच पुर्याइने पौडेलले बताउनुभयो । रासस

ट्याग -  सडक विस्तार गर्ने कार्य शुरु

SUGGESTED ARTICLES

img
डोमलाई होटलको भाँडामा खान दिइँदैन

मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ । उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउनुहुन्छ । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने


by RSS | Today, 02:32 PM

img