mobile

इँटा उद्योगबाट सयौँलाई रोजगारी

By RSS on Feb 13,2018 - 15:40

रामपुरमा इँटा उद्योग सञ्चालनमा आएपछि सयौँ बेरोजगार युवालाई रोजगार मिलेको छ । रामपुरका स्थानीय युवा सीताराम देवकोटा र सुन्दर देवकोटाले सञ्चालन गर्नुभएको इँटा उद्योगमा हाल १०० भन्दा बढी मजदुरलाई रोजीरोटी गर्ने अवसर मिलेको छ । इँटा उद्योगमा मजदुरी गरेर परिवारको लालनपालनसँगै छोराछोरीको पढाइ खर्चका लागि सहज भएको कामदार किशोरी बैठ्ठा बताउनुहुन्छ । रौतहटबाट रोजगारका निम्ति यहाँ आउनुभएको उहाँले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ३० हजारभन्दा बढी कमाइ गर्नुहुन्छ । 

यहाँ काम गर्ने सबैजसो कामदार तराई क्षेत्रका छन् । रौतहटकै अर्का मजदुर दिनेश रावत कुर्मीले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ४० हजारसम्म आम्दानी गर्नुहुन्छ । इँटा उद्योगमा मजदुरी गरेर उहाँले ११ जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ । 

उहाँ भन्नुहुन्छ, “विदेश गएर कमाउने पैसा नेपालमै कमाउन सकिन्छ, दाम कमाउनकै निम्ति विदेश जानुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । पूर्वी पाल्पामै एकमात्र आधिकारिक रुपमा सञ्चालित उक्त इँटा उद्योगबाट बेरोजगार युवालाई पर्याप्त आम्दानी गर्ने अवसर मिलेको छ । पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सो उद्योगमा रु डेढ करोडभन्दा बढी लगानी गरेको सञ्चालक सुन्दर देवकोटा बताउनुुहुन्छ । यहाँ दैनिक ४० हजारको हाराहारीमा इँटा उत्पादन हुने गरेको छ । प्रतिइँटाको मूल्य १४ रुपैयाँ ५० पैसा पर्छ । 

काम र परिश्रमअनुसार मजदुरलाई सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको बताउनुुहुन्छ अर्का सञ्चालक सीताराम देवकोटा । यहाँ उत्पादित इँटा गुणस्तर र टिकाउ रहेकाले माग दिनानुदिन बढ्दो रहेको उहाँले बताउनुभयो । उद्योगमा काम गर्ने सबैजसो मजदुरले घरायसी खर्च र छोराछोरीको पढाइ खर्च राम्रोसँग चलाउँदै आएका छन् । सो उद्योगमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत जिल्लामा खपत हुन्छ । रासस


ट्याग -  इँटा उद्योग सञ्चालनमा आएपछि सयौँ बेरोजगार युवालाई रोजगार

SUGGESTED ARTICLES

img
कान्तिपुर मिडियालाई  ७२ घण्टाभित्र बयान दिन सर्वोच्चको आदेश 

सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । 


by R. sharma | Feb 25

img