mobile

स्थानीय तहमा बैंक नहुँदा समस्या 

By RSS on Feb 13,2018 - 15:49

स्थानीय तहमा बैंक नपुग्दा सेवाग्राहीलाई समस्या भएको छ । सरकारी सेवा सुविधा स्थानीय तहमै सञ्चालन भइरहे पनि बैंक नहुँदा झण्झट व्यहोर्नु परेको हो । सरकारले सिंहदरबारको अधिकार गाउँ गाउँमा भने पनि अहिलेसम्म कार्यान्वयन हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ । 
स्थानीय तहमा बैंक नहुँदा कार्यालय सञ्चालनमा समस्या देखिएको छ । सानादेखि ठूला योजना सञ्चालन गर्दा बैंक खाता खोल्नुपर्ने बाध्यता छ । सरकारले स्थानीय तहको निर्वाचनलगत्तै सबै गाउँपालिकाको केन्द्रमा वित्तीय पहुँच पुर्याउने घोषणा गरे पनि निर्वाचन सम्पन्न भएको सात महिना बितिसक्दा पनि स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् । 

जिल्लामा आठवटा गाउँपालिका रहे पनि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको केन्द्रमा मात्र निजी क्षेत्रको वाणिज्य बैंकको शाखा खुलेको छ । अहिलेसम्म अन्य गाउँपालिकाका केन्द्रमा बैंकिङ सुविधा नपुगेका कारण सर्वसाधारणदेखि साना योजनाका उपभोक्ता समितिका पदाधिकारी बंैकिङ कारोबारका लागि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता छ । 

योजना सम्झौता गर्दा गाउँपालिकामा जानुपर्ने र सम्झौतापश्चात् बैंक खाता खोल्न फेरि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको माथागढी गाउँपालिकाका शिशिर भट्टराईले बताउनुभयो । गाउँमा बैंक नहुँदा सदरमुकाम तानसेन आवतजावत गर्न समस्या हुन्छ भने अर्कोतर्फ समय खेर जानुका साथै खर्च हुने गरेको उहाँले बताउनुभयो । 

सेवाग्राहीमात्र होइन सरकारी कर्मचारीसमेत बैंक नहुँदा समस्यामा परेका छन् । बैंक नहुँदा वडा सचिवलाई सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको लाखौँं रकम सदरमुकामबाट बोकेर लैजानुपर्ने बाध्यता छ । माथागढी, रम्भ, पूर्वखोला, बगनासकाली, निस्दी र तिनाउ गाउँपालिकाका स्थानीयवासीे अहिलेसम्म बैंकिङ सुविधा प्राप्त गर्नबाट वञ्चित भएको सम्बन्धित गाउँपालिकाका अध्यक्षले बताएका छन् । 

गाउँपालिकाभित्र रु एक लाखदेखि रु डेढ करोडसम्मका योजना सञ्चालनमा छन् । उपभोक्ता समितिलाई रकम भुक्तानी दिँदा सदरमुकाममा रहेको वाणिज्य बैंकको चेक काटिदिनुपरेको छ । उपभोक्ता समितिलाई मात्र नभई सर्वसाधारणलाई समेत अप्ठ्यारो भएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । गाउँपालिकाको केन्द्रमा बैंकिङ सुविधा पुग्ने भए पनि सुरक्षा र इन्टरनेटको समस्या तथा भौगोलिक विकटताका कारण गाउँ पुग्न नसकिएको बैंक सञ्चालक बताउँछन् । सरकारले सबै गाउँपालिकाका केन्द्रमा बैंकिङ पहुँच पुर्याउने भन्ने तर त्यसका पूर्वधार निर्माणका लागि पहल नगर्दा समस्या उत्पन्न भएको हो । 

ट्याग -  बैंक नपुग्दा सेवाग्राहीलाई समस्या

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img