mobile

अज्ञात रोगले छात्रा बिरामी हुँदा पढाइ बन्द

By RSS on Feb 13,2018 - 15:59

विद्यार्थीलाई अज्ञात रोग लागेका कारण नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ । त्यहाँका छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाउँदै गर्दा एकाएक हात काम्ने र कराउने समस्याले छात्राहरु भकाभक कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रअ हुमप्रकाश सिंहले बताउनुभयो । 

दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । कक्षा ५ देखि माथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको छ । विद्यालयमा बिहान केही नहुने, जब अपराह्न १ बज्न शुरु हुन्छ अनि छात्राहरु कराउँदै बिरामी हुने गरेको सिंहको भनाइ छ । विद्यालयमा यस्तो समस्या आउँदा धामी र डाक्टर ल्याएर उपचार गर्दासम्म समस्या हल नभएपछि गाउँले तनावमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणबहादुर खत्रीले जानकारी दिनुभयो । 

छात्रासँगै शिक्षिकाहरु पनि भकाभक बिरामी भएर ढल्न थालेका छन् । बिरामी छात्रालाई विद्यालय नआउन सल्लाह दिइए पनि जबर्जस्ती आउने गरेको शिक्षकले बताएका छन् ।रासस

ट्याग -  छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द

SUGGESTED ARTICLES

img
कान्तिपुर मिडियालाई  ७२ घण्टाभित्र बयान दिन सर्वोच्चको आदेश 

सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । 


by R. sharma | Feb 25

img