mobile

शम्भुनाथमा आगलागी रु २० लाखको क्षति

By RSS on Feb 13,2018 - 16:04

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं १२मा गएराति आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । स्थानीय मोहम्मद जलधर खानको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको एउटा घर र एउटा गाई गोठ तथा छिमेकी मो ममताज खानको एउटा गाईगोठसमेत जलेर नष्ट भएको कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीमा परी रु पाँ चलाख नगदसहि, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीमा परी आधा दर्जन पशुचौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ । रासस

ट्याग -  आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति

SUGGESTED ARTICLES

img
डोमलाई होटलको भाँडामा खान दिइँदैन

मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ । उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउनुहुन्छ । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने


by RSS | Today, 02:32 PM

img