mobile

२ नम्बर प्रदेशमा मन्त्री बनाउने विषयमा राजपा भित्र विवाद 

By R. sharma on Feb 14,2018 - 09:43

राष्ट्रिय जनता पार्टीभित्र प्रदेश नम्बर २ को मन्त्रीमण्डलमा पार्टीबाट कसलाई पठाउने विषयमा विवाद देखिएको छ । लगतार छलफल भएपनि सैद्धान्तिक सहमति जुटाउनै कठिन भएको छ । उक्त प्रदेशमा संघीय समाजवादी फोरम र राजपा मिलेर सरकार बनाउँदैछ । फोरमले लालबावु राउतलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । फागुन ३ गते उनको शपथग्रहण समारोह छ । तर, राजपाभित्र निर्वाचन जितेकालाई मात्रै मन्त्री बनाउनु पर्ने एउटा तर्क र अर्को समानुपातिकलाई पनि बनाउनुपर्ने तर्कका कारण अध्यक्ष मण्डलबीच क-कसलाई मन्त्री बनाउने विषयमा सहमति जुट्न सकेको छैन । पार्टी स्रोतले भन्यो-‘सोमबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पहिलो चरणको मन्त्रीमण्डल गठनमा राजपाबाट प्रतिनिधित्व हुने सम्भावना कम छ ।’फोरम र राजपाले पहिलो चरणमा ७ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने सहमति गरेका छन्, कान्तिपुरमा खबर छ  ।

 

 

ट्याग -  राजपा

SUGGESTED ARTICLES

img
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५-७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताउनुभयो । 


by RSS | May 24

img