mobile

चट्याङ लागेर २२ जना सैनिक घाइते

By RSS on Feb 14,2018 - 11:55

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिनुभयो । 

बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ । रासस

ट्याग -  चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते

SUGGESTED ARTICLES

img
कान्तिपुर मिडियालाई  ७२ घण्टाभित्र बयान दिन सर्वोच्चको आदेश 

सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । 


by R. sharma | Feb 25

img