mobile

नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै

By RSS on Feb 14,2018 - 13:35

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । 

आज हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगोसमेत लाग्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन दुईमै यथावत रहने सम्भावना बढी हुन्छ । 

डिभिजन दुईको शीर्ष दुई स्थानमा रहने टोली विश्वकप छनोट प्रतियोगिताको लागि छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन दुईमै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन दुईंंबाट तीनमा घटुवा भइसकेको छ । रासस

ट्याग -  नेपालले टस जितेर बलिङ

SUGGESTED ARTICLES

img
नेपाली खेलाडी आइसिसिको बरियतामा

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् ।


by RSS | Aug 14

img