mobile

ओलीलाई प्रधानमन्त्री बनाउने एमाले स्थायी कमिटिको निर्णय

By R. sharma on Feb 14,2018 - 19:28

आज बसकेको एमाले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रसताव गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपति समक्ष बुझाउने तयारी गरिरहदा एमाले र माओवादीका तर्फबाट प्रधानमन्त्रीको दावी प्रस्तुत गर्ने दुई दलको सहमतिपछि एमाले बैठकले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको हो । 

आयोगले निर्वाचन परिणाम बुझाउनासाथ ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै राष्ट्रपति समक्षा दावी प्रस्तुत गर्ने तयारी एमाले र माओवादीको छ । बैठकमा अध्यक्ष ओलीले दुई पार्टी एकीकरणका विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग भएको सहिमतिबारे ब्रिफिङ गरेका थिए । पार्टीको नेतृत्व दुई अध्यक्षले सामुहिक रुपमा गर्ने र ओलीले सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले वताए ।यता निर्वाचन आयोगले आजै प्रधानमन्त्रीइ निर्वाचन परिणाम बुझाउने तयारी गरेकाे छ ।

 

ट्याग -  ओली

SUGGESTED ARTICLES

img
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५-७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताउनुभयो । 


by RSS | May 24

img