mobile

निक्षेप संकलन घट्यो

By Anu Rana on Feb 24,2018 - 11:59


विदेशी मुद्रामा वाणिज्य बैंकहरुमा हुने निक्षेप घट्दा निक्षेप ओरालो लागेको छ । संचालनमा रहेका २८ वाणिज्य बैंकसँग गत माघको ७ सम्ममा २२ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप थियो । कन्सोर्टियम लोनमा पहिले नै प्रतिबद्धता जनाएको र यसलाई बैंकहरूले रोक्न नमिल्ने भएकाले पनि कर्जामा वृद्धि देखिएको बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए । यद्यपि, आशातीत निक्षेप संकलन हुन नसक्दा कर्जा लगानी गर्न अझै कठिन रहेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलका अनुसार बैंकिङ प्रणालीमा सोमबार सम्ममा १६ अर्ब ११ करोड रुपैयाँ अधिक तरलता छ । यो भनेको कसिलो अवस्था नै हो । सरकारी खर्च नबढुन्जेल समस्या जहाँको त्यही रहने ढुङ्गानाले भने ।

फागुन ३ मा आइपुग्दा निक्षेप घटेर २२ खर्ब ७ अर्बमा आएको छ । पछिल्लो एक महिनामा विदेशी मुद्रामा भएको वाणिज्य बैंकको निक्षेप ठूलो रकमले घटेको देखिन्छ । एक महिना अगाडि ९४ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप थियो । अहिले त्यो घटेर ७७ अर्ब रुपैयाँमा छ ।

जम्मा र क्रेडिट वृद्धिमा बेमेलले संकेत गर्दछ कि ब्याज दर कुनै पनि समय चाँडै पतन हुन सक्दैन। बैंक र वित्तीय संस्थाहरू (बीएफआई) को जमा गर्न को लागी प्रतिस्पर्धा गर्दै प्रतिस्पर्धामा ब्याज दर १३ प्रतिशत पुगिसकेको छ र उधार दर पनि माथिल्लो प्रवृतिमा छ। लगानीयोग्य पुँजीको अभावका कारण बैंकहरुले ऋण प्रवाहलाई कटौती गर्नुपर्ने स्थिति आएको पनि उनले जानकारी दिए। ऋण प्रवाहको गतिलाई कम (स्लो डाउन) गर्नुपर्ने स्थिति आएको छ, प्रमुख कार्यकारी अधिकृत दाहालले भने, लगानीयोग्य पुँजीको अभाव भएकाले बैंकहरुले पनि ऋण प्रवाहलाई कम गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंक पनि लगानीयोग्य पुँजीको अभाव भएको स्वीकार्छ। बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) को अभाव भएको राष्ट्र बैंक राष्ट्र ऋण विभागका प्रमुख तथा कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले बताए। लगानीयोग्य पुँजी (तरलता) को कमी छ, उनले भने, सोमबारसम्म ९ अर्ब तरलता अभाव भएको देखिन्छ।


बैंकहरुले आक्रमक रुपमा ऋण प्रवाह गरेका कारणले पनि तरलताको अभाव भएको विज्ञहरुको भनाइ छ। कर्जाको बढ्दो माग र निक्षेप संकलनमा आएको सुस्तताले बैंकलाई समस्या परेको नेपाल बैंकर्स संघको भनाइ छ। अप्ठेरो स्थितिमा छौं, एक बैंकरले भने, यो स्थितिको समाधान नगर्ने हो भने जटिल अवस्था आउने निश्चित छ।

लगानी गर्न बैंकमा रकम अभाव भएको छ। ऋण बढाउन बैंक असक्षम छन्,उनले भने, ऋण लगानी गर्न नसक्दा बैंकको नाफामा पनि असर पर्नेछ। लगानीयोग्य पुँजी अभावको समस्या जाटिल बन्दै गएको उनको भनाइ छ। पैसा जति सरकारको खातामा जम्मा भएको छ,प्रमुख कार्यकारी अधिकृत दाहालले भने, खर्च हुन नसक्दा बैंकिङ प्रणालीमा रकमको अभाव देखिएको छ।


गत वर्ष भूकम्प, नाकाबन्दी, तराई–मधेस आन्दोलनका कारण बैंकले लगानी गर्र्न सकेका थिएनन्। उनीहरूले त्यस बेला मुद्दती खातामा २–३ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेका थिए। तर, अहिले ऋणको माग बढेपछि बैंकले मुद्दती खातामा ९ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन थालेका छन्। लोन (ऋण) को माग बढेको छ। निक्षेप कम छ, एक बैंकरले भने, यस्तो अवस्थामा ब्याजदर बढाएर निक्षेप लिन बैंक बाध्य भएका छन्। तर, पनि बैंकहरुमा लगानी योग्य रकमको अभाव छ।

ट्याग -  नेपाल राष्ट्र बैंक , निक्षेप ओरालो

SUGGESTED ARTICLES

img
नेपाल आउने विदेशी पर्यटक बढे

सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ को


by RSS | Today, 04:49 PM

img