mobile

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

By RSS on Feb 23,2018 - 14:04

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । बैंकद्वारा आज यहाँ आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

सम्झौताअनुसार लामिछानेले अब मासिक रु ४० हजार पाउनेछन् । बैंकले यसअघि उनलाई मासिक रु २० हजार दिँदै आएको थियो । हालै इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका त्रिकेटर लामिछानेको यो सम्झौता आगामी अप्रिलदेखि लागू हुनेछ । 

सिइओ दाहालले त्रिकेटर लामिछाने क्रिकेटमा हुनाहार खेलाडी भएकाले प्रोत्साहन स्वरुप उनलाई प्रायोजन गरिएको बताउनुभयो । त्यस्तै क्रिकेटर लामिछानेले सम्झौताले क्रिकेट खेलमा अझै राम्रो प्रदर्शन गर्न हौसला थपिएको बताउनुभयो । 

कार्यक्रममा सानिमा बैंकका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खेलाडी लामिछाने र राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गर्नुभयो । रासस

ट्याग -  सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन

SUGGESTED ARTICLES

img
नेपाल आउने विदेशी पर्यटक बढे

सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ को


by RSS | Today, 04:49 PM

img