mobile

विकासको लहरु शुरु भएको माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई 

By R. sharma on Feb 25,2018 - 22:16

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जङ्गल सैया–कठहरिया सडकको उदघाटन गर्दै देशमा विकासको लहर शुरु भएको बताएका छन् ।रौतहटको गुजरा नगरपालिका अन्तर्गत पर्ने उक्त १४ किलोमिटरको सडक एक महिना १६ दिनमा निर्माण भएको हो । सडक उदघाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेपालमा समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताउनुभयो । “जनताले निर्वाचनमार्फत हामीलाई विश्वास गरेका छन् ।” अध्यक्ष प्रचण्डले भन्नुभया, “वामपन्थी सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको छ ।”

अध्यक्ष प्रचण्डले नेपालका अगाडि दु्रतगतिमा विकास गर्नुको विकल्प नभएको बताउनुभयो । जनताले विकास र सुशासन खोजेको र त्यसका लागि विश्वास गरेर झण्डै दुई तिहाई वाम गठबन्धनलाई मत दिएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले यो ऐतिहासिक अवसरलाई उपयोग गरेर समृद्धितर्फ जाने वाम सरकारको मुख्य संकल्प हुने बताउनुभयो ।

नेपालमा विकास निर्माणका कामहरुमा ढिलासुस्ती हुने गरेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले १४ किलोमिटर बाटो डेढ महिनामा पुरा गरेर अरुलाई समेत ठूलो उदाहरण दिनुभएको भन्दै स्थानीयवासीलाई धन्यवाद दिनुभएको थियो । “तपाईहरुले एउटा लहर सिर्जना गर्नुभएको छ ।” अध्यक्षले भन्नुभयो, “अब यो लहर देशैभरी उठने छ ।”

सडक निर्माणभएसँगै उक्त क्षेत्रका चारवटा नगरपालिकाका नागरिकलाई निजगढ र पथलैया आयजाय गर्न सहज हुने भएको छ । माओवादी नेता प्रभु साहको पहलमा बनेको उक्त सडकको उदघाटन गर्न अध्यक्ष प्रचण्ड चितवनबाट त्यहाँ पुग्नुभएको थियो । 

सडकको उदघाटन गर्न पुगेका अध्यक्ष प्रचण्डलाई धन्सार चोकमा आयोजित एक कार्यक्रममा स्थानीयवासीले ५५ किलोको मालाले स्वागत गरेका थिए । 

ट्याग -  प्रचण्ड

SUGGESTED ARTICLES

img
नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित   

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।


by Anu Rana | Today, 05:24 PM

img