mobile

१९५० को शान्ति तथा मैत्री सन्धि बदल्ने दिशामा प्रवुद्ध समुह

By R. sharma on Feb 25,2018 - 22:25

नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धि रहेका विवादस्पद प्रावधानहरु बदल्ने दिशामा महत्त्वपूर्ण प्रगति हासिल गरेको बताइएको छ। आज काठमाण्डूमा सकिएको उक्त समूहको सातौं बैठकपछि भारतीय पक्षका टोली नेता भगतसिंह कोश्यारी पनि दुवैलाई मान्य हुने समाधान निस्कनेमा आश्वस्त देखिए।

उक्त समूहमा नेपाली टोलीका नेतृत्वकर्ता भेखबहादुर थापाले सुरक्षा, खुला सीमा, एकअर्काका नागरिकलाई समान हैसियत दिने जस्ता विगतका विवादित विषय सुल्झाउन प्रगति भएको बताएका छन् । तर उनले कस्ता परिवर्तन हुनेछन् भन्नेबारे खुलाएनन्।

 

उनले भने, "जब अन्तिम बैठक पछि हामी दुवै सरकारलाई प्रतिवेदन दिन्छौं, त्यसबेला तपाईँहरु कोही पनि निराश हुनु हुनेछैन। सबै खुशी हुनुहुनेछ। म यो कुरा भारतीय सरकारको तर्फबाट आश्वस्त तुल्याउन सक्छु"।आगामी जुलाईसम्म समयावधि रहेको प्रबुद्ध व्यक्तिहरुको समूहको अर्को बैठक दिल्लीमा हुनेछ।

 

ट्याग -  नेपाल भारत

SUGGESTED ARTICLES

img
नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उहाँँले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताउनुभयो ।


by RSS | Today, 02:42 PM

img