mobile

राजपा नेता महेन्द्र यादवले प्रतिनिधि सभाका सदस्यलाइ सपथ खुवाउने 

By R. sharma on Feb 25,2018 - 22:36

सघीय संसद्का नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसा यही फागुन २० गते आइतबार श अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनु हुनेछ ।

 संविधान जारि भएसँगै विरोध गदै आएका राजपा अध्यक्ष मण्डलका सदस्य ज्येष्ठ सदस्य यादवलाई सपथ खुवाउने र  प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने एेतिहासिक अवसर प्राप्त भएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदनका रुपमा रहेको छ ।

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ६९ वर्षीया ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । नेपाली काँग्रेस प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रमुख प्रतिपक्षका रुपमा रहनेछ । राजपा नेता महेन्द्र यादवले संघीय सदनका सदस्यलाइ सपथ खुवाउने 

ट्याग -  महेन्द्र यादव

SUGGESTED ARTICLES

img
नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उहाँँले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताउनुभयो ।


by RSS | Today, 02:42 PM

img