mobile

जनता बैंक नेपाल र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

By RSS on Mar 06,2018 - 12:57

मिति २०७४/११/२० गते जनता बैंक नेपाल र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । यस सम्झौताअनुसार ग्राहकहरूले जनता बैंकको शाखाकार्यालयबाट छिटो, छरितो तथा सहज रूपमा सो कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । यसबाट ग्राहकले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बिमासम्बन्धी सुविधाहरू पनि प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्र्ठ र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक मुरारी रेग्मीले हस्ताक्षर गर्नुभएको छ ।

ट्याग -  जनता बैंक नेपाल र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता

SUGGESTED ARTICLES

img
बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागिको


by RSS | Today, 12:23 PM

img