mobile

बलिउडका मुख्य ८ एक्शन हिरो मध्य अक्षय कुमार पनि एक

By Anu Rana on Mar 07,2018 - 15:52

बलिउडको सुरुवाती दिनमा एक्शन फिल्म त्यति धेरै बन्दैनथे र जति बन्थे तिनलाई दर्शकले त्यति धेरै रुचाउँदैनथे। एक्शन फिल्मलाई प्राय 'सी ग्रेड'का फिल्मका रूपमा लिइन्थ्यो। सत्तरीको दशकमा एक्सन फिल्मले अरु जानराको फिल्मलाई पछार्‍यो। पछिल्लो तीस बर्षसम्म करिब ९० प्रतिशत फिल्म एक्शनकै वरिपरि घुमिरहे। निर्माता–निर्देशकहरूले फिल्ममा कथावस्तु बिनानै फाइटहरू समावेश गर्न थाले।

बलिउडका मुख्य ८ एक्शन हिरो मध्य अक्षय कुमार पनि एक हुन । बलिउडका मुख्य ८ एक्शन हिरो मध्य अक्षय कुमार पनि एक हुन । एक्शनमा दर्शक कमाएपछि उनले कमेड जानरामा पनि स्थापित हुने कोसिस गरे। सुरुवाती दिनमा अक्षयको प्रस्तुती जस्तो रहेपनि आजको समयमा उनको फिल्म बलिउडमा रुचाइन्छ। प्राय एक्शन फिल्‍मले नै बक्सअफिस हिट गर्ने गरेको छ।

बलिवुड अभिनेता अक्षय कुमारले बलिवुड सिनेमा उद्योगमा २५ वर्ष बिताएका छन् भने जीवनका ५० औँ बसन्त पार गरिसकेका छन् ।  अक्षयले सन् १९९१ मा ‘सौगन्ध’ बाट अभिनय सुरु गरेका थिए । सन् १९९२ मा बनेको खिलाडीबाट उनी स्थापित भएका थिए ।मै खिलाडी तु अनाडी, मोहरा, अजनबी, हेराफेरी, धड्कन, वक्त नमस्ते लण्डन, हे बेबी, भूल भुलैया उनका चर्चित फिल्म हुन् ।

 १०० भन्दा बढी फिल्ममा अभिनय गरेका अक्षयले हिन्दी फिल्म उद्योगका केही ठूला पुरस्कार पाएका छन् । सन् २००९ मा पद्यमश्री अवार्ड पाएका थिए भने ‘रुस्तम’ बाट नेशनल अवार्ड पाएका थिए ।

मार्सल आर्टस्मा रुचि

 उनी तेक्वान्दो ब्ल्याक बेल्ट पनि हुन् । बैंकक गएपछि उनले मार्शल आर्टस्को ट्रेनिङ लिए । त्यसबाहेक खाली समयमा शेफ र वेटरको काम पनि गरे । तर पछि उनी मुम्बई आएर मार्शल आर्ट्सको ट्रेनिङ दिन थाले । यहि क्रममा उनका एक विद्यार्थी जो फोटोग्राफर थिए उनले अक्षय ह्याण्डसम रहेको बताउँदै मोडलिङमा जानुपर्ने सुझाव दिए । हुनपनि अक्षयलाई मोडलिङमा मौका मिली हाल्यो । 

सन् १९९४ मा अक्षय कुमारलाई राजेश खन्नाले सिनेमा ‘जय शिव शंकर’ बनाउँदैछन् भन्ने कुरा थाहा भयो । उनी सिनेमामा काम पाउने आशमा राजेश खन्नाको अफिस पुगे । राजेश भने ३ घण्टा पर्खेका अक्षयलाई नभेटी गए । जो स्टारसँग काम माग्न गएका थिए त्यहि स्टारको ज्वाँई बन्ने कुरा भने अक्षयको सपनाको साेंच पनि थिएन । तर उनको भाग्यको कुरा उनी बने राजेश खन्नाका ज्वाईँ । सिनेमामा काम गर्दागर्दै एकअर्काको नजिक आएपछि अक्षय कुमारले राजेश खन्नाकी छोरी अभिनेत्री ट्विंकलसँग सन् २००१ मा विवाह गरे । अक्षय र ट्विंकलका एक छोरा आरव र छोरी नितारा छन् । अक्षयका छोरा आराव पनि ब्ल्याक बेल्ट हुन् ।

ट्याग -  अक्षय कुमार , मार्सल आर्टस्मा रुचि , एक्शन हिरो

SUGGESTED ARTICLES

img
अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय“

चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ । यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त शैलीका चित्रहरु राखिएका छन् । कलाकार रेग्मीले ५ बर्षदेखि गरेको सिर्जना र मेहनतबाट निर्माण भएका ती चित्र अध्यात्मवादसँग


by RSS | Jul 12

img