mobile

कैलाली घटना छानबिन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

By R. sharma on Mar 11,2018 - 23:24

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिइएको छ ।

घटना घटेको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो  प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको छ । हालसम्म प्राप्त विवरण अनुसार फागुन २४ गते बिहिबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खवर बाहिर आएको छ । प्रहरीले निज रामबहादुर चौधरीलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ । मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र  दिइनेछैन ।

हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ ।

नेपाल लगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ । यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविश्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपन जस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ । यस्ता अन्धविश्वास विरुद्ध लड्न र तिनलाई निर्मूल पार्न सरकारलाई सधैं सबै नागरिकको सहयोग प्राप्त हुने अपेक्षा गर्दछौं प्रधामन्त्रीको सचिवालय द्धारा जारि विज्ञाप्तीमा जनाइएको छ । 

 

ट्याग -  प्रधानमन्त्री

SUGGESTED ARTICLES

img
गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ ।


by RSS | Today, 01:05 PM

img