mobile

स्वेच्छिक अवकाशका लागि ९ हजार ५ सयकाे निवेदन 

By R. sharma on Mar 12,2018 - 09:27

स्वेच्छिक अवकाशका लागि निवेदन दिने निजामती कर्मचारीको संख्या ९ हजार ५ सय ९१ पुगेको छ ।आइतबार साँझसम्मको रेकर्डमा स्वेच्छिक अवकाश लिने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको संघीय तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकी सहसचिव नीता पोखरेलले स्वेच्छिक अवकाश लिने कर्मचारीको सूचना संकलन आइतबार साँझ पूरा भएको बताइन् । उनले भनिन्, ‘आइतबारसम्म हामीले देशभरबाट सूचना संकलन गरेका छौं । अब सूचना संकलन गर्ने काम पूरा भएको छ ।’

मन्त्रालयका सूचना अधिकारी सुप्रभा खनालले स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको बताइन् । ‘यो सख्या अन्तिम हो, अब घटबढ हुँदैन’, उनले भनिन् । मन्त्रालयले यसअघि स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको संख्या आठदेखि १० हजार पुग्ने अनुमान गरेको थियो।

निवेदन दिने कर्मचारीमध्ये अधिकांश श्रेणीविहीन, कार्यालय सहयोगी तथा चालक रहेको मन्त्रालयको भनाइ छ । यद्यपि माथिल्लो पदका कर्मचारीले पनि स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । गत पुस २८ गते निजामती कर्मचारी समायोजन ऐन २०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीले सूचना प्रकाशित भएको ४५ दिनभित्र स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरिएको थियो ।मन्त्रालय स्रोतका अनुसार स्वेच्छिक अवकाशका लागि २२ हजार निजामती कर्मचारी योग्य थिए ।

 

ट्याग -  कर्मचारी

SUGGESTED ARTICLES

img
गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ ।


by RSS | Today, 01:05 PM

img