mobile

राष्ट्रपति निर्वाचनमा दुईबटा मतपत्र हुने

By R. sharma on Mar 12,2018 - 10:02

राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङको मतपत्रमा मतदान गर्नुहुने भएको छ । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नै पुयाइसकिएको छ । 

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय–संसद्को भवन परिसरमा मङ्गलबार बिहान १० देखि ३ बजेसम्म राष्ट्रपति पदका लागि मतदान हुँदैछ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । 
सङ्घीय संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्यलाई मताधिकार प्राप्त छ । उहाँहरूले हरियो मतपत्रमा मतदान गर्नुहुनेछ । 
सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकार प्राप्त छ । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ । आयोगका अनुसार मतगणना भएको तीनदेखि चार घन्टाभित्रै मतपरिणाम सार्वजनिक हुनेछ । केन्द्र र प्रदेशका सदस्यले अलगअलग मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । 

ट्याग -  निर्वाचन आयोग

SUGGESTED ARTICLES

img
नेता नेपाल घाना प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गर्नुभएको छ । घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गए राति जानुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । 


by RSS | Sep 19

img