mobile

न्यायाधीश चोलेन्द्र शमशेरले बेन्च वहिस्कार गरेसँगै प्रधान न्यायाधीश नैतिक

By R. sharma on Mar 12,2018 - 14:58

प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेपछि प्रधान न्यायधिश नैतिक सकटमा परेका छन् ।  सोमबार कान्तिपुर दैनिकको अवहेलनासम्बन्धी मुद्दा पूर्ण इजलासमा बहस पैरवी शुरु हुन लाग्दा न्यायाधीश राणाले आफ्नो तर्फबाट लिखित वक्तव्य पढेर सुनाए जसमा शैक्षिक प्रमाणपत्रका आधारमा गत साउनमै अवकाश हुनुपर्ने प्रधान न्यायधीशसँग मुद्धा हेर्न नसक्ने जानकारी गराए । त्यस लगत्तै इजालस स्थागीत हुन पुगेको खबरहरु बाहिर आए।

आफूहरुले हिजोमात्रै प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेको राणाले बताए । कागजात हेर्दाखेरि पराजुलीले गत साउनमै अवकाश पाइसकेको प्रष्ट भएको राणाले बकत्व मार्फत पढेर सुनाएका थिए ।

‘एउटामा जन्ममिति २००९ साल रहेछ, अर्कोमा २०११ देखियो । न्यायपरिषद ऐनको व्यवस्था अनुसार ०७४ साउन २१ गते उहाँ अवकाश हुनुपर्ने हो, अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर मैले न्यायसम्पादन गर्न मिलेन । लिखित बक्तव्यमा उनले भने ।

कान्तिपुर पब्लिकेशन र डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दामा प्रधान न्यायाधीश गोपाल पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । इजलासमा न्यायाधीशहरु पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दपिककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।

यसरी उमेर हदका कारण अवकाश पाइसकेको प्रधान न्यायाधीशसँग बसेर आफूले मुद्दाको सुनुवाई नगर्ने भन्दै राणा इजलासबाट समेत बाहिरिएका छन् ।अधिबक्ता टिकारमा भटराइले आजको घटनालाई नेपालको न्यायिक इतिहासमै नौलो घटना भएको प्रतिक्रिया दिए ।

चोलेन्द्रले शुशिलका कार्कीको सम्वन्धमा गरेको फैसालामा यस्तो थियो   

‘यो देशलाई सतिको श्राप छ भन्ने गरिन्छ, मलाई लाग्छ अब यो आदेश पश्चात सवैले बिचार गर्नैपर्छ, यो देश र जनतालाई उक्त श्रापबाट उन्मुक्ति पाउनबाट ।’‘अन्तरिम आदेश गर्दै गर्दा मेरो मन मलिन, उदास र अशान्त भइरहेको महशुस गरी रहेको छु, सम्माननीय प्रधान न्यायाधीश विरुद्धको महाअभियोगको प्रस्ताव दर्ता भएकै दिनदेखि यस संस्थाका सवै न्यायाधीशहरुको अनुहारमा बादल लागेको जस्तो हिन भावना जागृत भएको अवस्था प्रत्यक्ष देखिने गरी प्रतिविम्वित भैरकेको मैले देखेको छु, महसुस गरिरहेको छु’ सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन र उनलाई काममा फर्कन आदेश गर्दै जबराले भनेका छन्, ‘के यो चिन्ता र अवस्था कसैले महसुस गर्नु नपर्ने ? के यो चिन्ता र अवस्था नेपालको संविधानले संस्थापन गरेको स्वतन्त्र न्यायापालिकाका लागि होइन र ? आज यस महाअभियोगको प्रस्तावबाट राज्यका तिनै अंग साथै राजनीतिक दल, नागरिक समाज सवै युद्धमै उत्रिएसरि अगाडि बढिरहेको अवस्था देखिएको छ ।’

ट्याग -  प्रधानन्ययाधीश

SUGGESTED ARTICLES

img
नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उहाँँले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताउनुभयो ।


by RSS | Today, 02:42 PM

img