mobile

बंगला विमान दुर्घटना, घाइतेलाई अस्पताल पुर्याइँदै

By RSS on Mar 12,2018 - 15:42

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले आगो निभाउने कार्य गरिरहेका छन् । 



धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा के कति यात्रु थिए भन्ने जानकारी आउन बाँकी छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको बुझिएको छ । रासस

ट्याग -  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

SUGGESTED ARTICLES

img
प्रहरी सचेतनाले घट्यो आत्महत्या

रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा यो सङ्ख्या २८ मा झरेको थियो ।


by RSS | Today, 04:59 PM

img