mobile

काठमाडौमा महिला टेम्पो सवारी चालकरुको व्यापक वृद्धि

By Anu Rana on Mar 19,2018 - 16:23

चालकको कामलाई पहिले पुरुषले मात्रै गर्न सक्ने काम भनिन्थ्यो । महिलाले चालक बन्छुभन्दा मात्रै पनि घृणाले हेरिन्थ्यो । महिलाले चाहँदा परिवार, समाज र कार्यक्षेत्रमा संघर्ष गरेर जीवनशैली फेर्न सक्छन् भन्ने गतिला उदाहरण को रुपमा केहि महिलाहरु बनिसकेक छन । उनिहरु सानो टेम्पो देखी लिएर साझा बस मात्र होईन जेसिबी सम्म हक्ने भ्एक छन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बाग्मती अञ्चलका सचिव तथा सफ टेम्पोका संयोजक कमल सापकोटाका अनुसार महिलालाई काम गर्न र अर्थोपार्जनमा टेवा पुगेको छ । ‘एकल महिला, दुस्ख भोगेकाहरूलाई राहत मिलेको छ, यही आश्रयबाट बालबच्चा पढाएका छन्,’ उनले भने । सफा टेम्पो समितिका अनुसार अनुसार काठमाडौ र ललितपुरमा ७ सय २० टेम्पो चल्छन् । चालक एक हजार छन् । पुरुष चालक ६ सय ५० र महिला चालक ३ सय ५० छन् । यस्त केहि महिलहरु छन जस्ले आफुले टेम्पो चलएर आफ्नो घर खर्च चलएको पाईन्छ ।

माया घलन तामाङ्ग

माया तामाङ्ग ४० वर्ष पुगेका छन । उनको घर धादिङ हो उनीले आफनो लागी केही गर्ने सोचमा काठमाडौ मा आएका हुन । तर उनी आज सम्म बाट १५ वर्ष भइसक्यो उनले टेम्पो चलाउन थालेको तर उनी भन्छीन यो टेम्पो चलाउन हामी महिलाई धेरै सघर्षेमय छ । किनकी यो पूरुष प्रधान देशमा महिलालाई टिक्न गाहारो भएको वताउछिन । उनले पनि यो समय सम्म आईपुग्न धेरै सघर्षे र चुनौतीको सामाना गर्नु परेको वताउछिन । तर आज आएर उनलाई यही पेशा नै मन परेको वताउछिन ।

बिमला श्रेष्ठ

बिमला श्रेष्ठ पनी एक जना साहसी हुन उनले आफनो पतिलाई बिरामी भएपछि तीन पाङ्ग्रा चलाउन थालेका हुन । उनी सात देखि टेम्पो चलाउदै आएकी छिन् । उनको आफनै टेम्पो छ , उनी प्रति महिना ४०,००० देखि ५०,००० सम्म कमउने गरेको वताउछिन । त्यो उनको परिवार को एक मात्र गुजरा चलाउने साहारा हो, र उनको बच्चाहरु को साथ साथै उनको पति को लागी पनि खर्च को भार थामेकि छिन ।बिमला श्रेष्ठ भन्छिन् म मेरो कामको बारेमा आशावादी हुँ जुन मेरो परिवारको आर्थिक स्थिति सुधार गर्न र मेरो छोराछोरीको भविष्य सुरक्षित गर्न सक्छु ।

बिमला गौतम

३५ वर्षीय बिमला गौतम पनि एक साहसी चालक हुन् जो काठमाडौ मल्, सुन्दरहरा मा टेम्पो चालका हुन । उनीले आठ वर्ष भन्दा बढी नै ड्राइभिङ्मामा व्यस्त चहेको वताउछिन उनी अहिले १२,००० देखि १३,००० सम्म एक महिनामा कमाउने गरेको वताउछिन् । उनी यो पेशा वाट गोरव गर्छीन । उनको सोच एकदम राम्रो छ । उनको विचारमा, प्रत्येक महिलालाई केहि चीजमा व्यस्त हुनुपर्दछ, उनीहरूको साधारण जीवनबाट बाहिर निस्कन र आफूलाई बलियो बनाउँनु पर्दछ भन्छिन । बिमला गौतम भन्छिन कि हामी महिला चालकहरुलाई ट्राफिक पुलिसको दुर्व्यवहारको कारणले गर्दा हामी दुखित बनेका छौ भन्छिन् ।

केल्पना डङ्गोल

केल्पना डङ्गोल भने उनले यो पेशा उनको पतिको परिवारको इच्छाको विरुद्धमा छनौट गरेको वताउछिन । किनभने उनको परिवारको सोच थियो महिलाले चालकाको रुपमा काम गर्नु हुदैन भन्ने । तर देखि काठमाडौमा टेम्पो चलाउदै आइरहेको छिन् । उनी यो पेशामा उनको सानो वहिनीको सुझाव पछि मैले आफ्नो काम चालकको रूपमा सुरू गरे वताउछिन । उनले जेसीआईबाट ड्राइभिङ्ग सिकेको र काठमाडौ वाटनै सुरुवात गरेको वताउछिन् । सुुरुमा काठमाडौमा ड्राइभ गर्न गाह्रो भएको बताउछिन ।

बिसनु माया बल

बिसनु माया बाल, पनि आफनो जिन्दगी चलाउनको लागी यो पेशा अंगालेको वताउछिन् । उनी आफनो सपना सजाउनको लागी दलाल एजेन्ट वाट कुवेत मा चार वर्ष सम्म फसेका थिन् । त्यस पछि उनी नेपाल पर्केर उनी एक सायक रुपमा एउटा स्कुुलमा काम गर्न थालिन । तर काठमाडौंमा बाच्न उनलाई गा¥रो भयो र उनले चालक बन्ने अठोट गरिन र ड्राइभिङ् सिकी चालकको रुपमा काम गर्न थालिन र उनले यो पेशाबाट राम्रो आम्दानी भए पछि उनी यही पेशामा नै रमाउन चाहिन । र उनी भन्छिन कि मलाई यो पेशा बाट अफुले भने जस्तै कमाइ भएको र म यो पेशाबाट खुसी र सन्तुष्ट छुु । उनी नेपाली महिलाहरुलाई यसो भन्छिन कि महिलाहरूलाई विदेशी रोजगारको लागि रोजगारी नगर्ने सुझाव दिन्छिन ।

ट्याग -  महिलाले चालक , बिसनु माया बाल , कल्पना डंगोल , बिमला गौतम

SUGGESTED ARTICLES

img
जापानी कार कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने

 जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको छ ।


by Anu Rana | Dec 10

img