mobile

घोडाघोडी नगरपालिकाका प्रमुख अज्ञात समूहको आक्रमणमा घाइते

By R. sharma on Mar 13,2018 - 08:55

अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते हुनुभएको छ । नगरपालिकाको सुख्खड बजारस्थित उहाँकै निवासमा गएको अज्ञात समूहले आज साँझ उहाँमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।

प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ट्याग -  प्रमुख

SUGGESTED ARTICLES

img
नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उहाँँले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताउनुभयो ।


by RSS | Today, 02:42 PM

img