mobile

गिद्ध संरक्षण अभियान

By RSS on Mar 13,2018 - 10:52

गिद्ध संरक्षणका लागि नवलपरासी ( बर्दघाट– सुस्ता पूर्व) जिल्लामा गिद्ध संरक्षणका अभियान चलाइएको छ । कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम नै राखी गिद्ध संरक्षण गरिँदै आएको छ । युएनडिपीको स्मल ग्रान्ट्स प्रोग्राम (एसजिपी) ले आर्थिक सहयोग गरेपछि यसरी गिद्धको संरक्षण शुरु भएको जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चौधरी बताउनुभयो । 

बूढा गाईगोरुलाई गिद्धको आहारा बनाई रेष्टुराँ नै बनाइएको छ । चौधरीका अनुसार गिद्ध संरक्षण गर्नका लागि चितवनको कसरामा रहेको प्रजनन केन्द्रबाट गिद्धलाई नवलपुरको प्रकृतिमा छाडेर वातावरणअनुसारको स्थानमा संरक्षण गरिएको छ । 

शुरुमा ७२ गिद्ध रहेको सो स्थानमा हाल एसजिपीको सहयोगमा गाउँले संरक्षणमा लागेपछि २१७ सम्म गिद्ध गणना गरिएको चौधरीले जानकारी दिनुभयो हाल त्यहाँ पर्यटकको आवागमन पनि बढेको छ । पर्यटकले गिद्धको अध्ययन गर्नाका साथै जिप सफारी गरेर घाँसे मैदान, गैँडा, हात्ती, बाघलगायत जंगली जनावर हेरेर रमाउने गर्छन् । गिद्धको अध्ययन गर्नकै लागि भनेर जीवशास्त्रका विदेशी विद्यार्थी पनि यहाँ आउने गरेका छन् । रासस

ट्याग -  गिद्ध संरक्षणका अभियान

SUGGESTED ARTICLES

img
आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको हो ।


by RSS | Today, 01:29 PM

img