mobile

सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

By RSS on Mar 13,2018 - 15:06

भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । 

अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित् माछामा रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ । 

सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिनुभयो । 

यसका साथै सो अवधिमा १० हजार ९६६ वटा सुँगुर, एक हजार ३२९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५३६ तथा गाईगोरु ६२ आयात गरिएको छ । 

भारतबाट आयातित् माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताउनुभयो । खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उहाँले बताउनुभयो । 

सोही अवधिमा सिरहाको माडर नाकाबाट १०६ मेट्रिक टन दूध, १०२ मेट्रिक टन दही र ९१ किलो घ्यू निर्यात भएको छ । रासस

ट्याग -  आठ महिनामा ठूलो परिमाणमा माछा आयात

SUGGESTED ARTICLES

img
नेपाल आउने विदेशी पर्यटक बढे

सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ को


by RSS | Today, 04:49 PM

img