mobile

वयस्क चितुवा मृत फेला

By RSS on Mar 13,2018 - 15:41

चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा आज एक वयस्क चितुवा मरेको अवस्थामा फेला परेको छ । मेलौली नगरपालिका–२, नानीगाड खोला किनारमा चितुवा मरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

चितुवा सडेको अवस्थामा रहेकाले दुई तीन दिन अगाडि नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ । खोलामा माछा मार्न गएका युवाले मृत चितुवालाई देखेपछि आज बिहानै प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयका मान्छेलाई खबर गरेको र शव परीक्षणपश्चात् मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुने बताइएको छ । 

चितुवा मृत भेटिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । मेलौली नगरपालिकाका विभिन्न ठाउँमा चितुवाले आक्रमण गरी धेरैको ज्यान लिइसकेको छ भने त्यसैमध्येको चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ । 

चितुवाले २०६८ सालयता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकी फर्किने गरेको छ । 

यही फागुन १४ गते रातिमात्रै मेलौली नगरपालिका–९, रोकटाका डेढ वर्षीय बालक गणेशबहादुर चन्द आफ्नै घरको भुइँतलाको भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । रासस

ट्याग -  एक वयस्क चितुवा मरेको अवस्थामा फेला

SUGGESTED ARTICLES

img
काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार,   

राजधानीको नागार्जुन नगरपालिका–७ हसनटारमा सामुहिक बलात्कार प्रयास भएको छ । काठमाडौँमै फेरि  २१ वर्षीय एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् ।सामूहिक बलात्कार गर्ने तीन जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।


by Anu Rana | Sep 19

img