mobile

महोत्तरीका गाउँका वनमा नीलगाई फेला

By RSS on Mar 13,2018 - 15:57

महोत्तरीको दक्षिण पश्चिमवर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई फेला परेका छन् । भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दा बढीको संख्यामा देखिएको स्थानीय बासिन्दाले बताएका छन् । 

स्थानीयवासीले यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलो रंगका ती जनावर एक्कासि गाउँको वनमा आएपछि गाउँले जनावरलाई हेर्न वनमा ओइरो लागेको मनराका रामदिनेश चौधरीले बताउनुभयो । 

नीलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको इटहर्वाका अवधेश कापरले बताउनुभयो । 

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका नीलगाई वनका सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउन जाने मानिसलाई देख्नेबित्तिकै भाग्ने गरेका छन् । 

करिव एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा ती जनावरको दौडादौड मच्चिएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको गैँडाभेटपुरका वीरेन्द्र यादवले बताउनुभयो । 

जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा डढेलो, चोरी शिकारीजस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु नीलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् । रासस

ट्याग -  महोत्तरीको दक्षिण पश्चिमवर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई फेला

SUGGESTED ARTICLES

img
प्रहरी सचेतनाले घट्यो आत्महत्या

रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा यो सङ्ख्या २८ मा झरेको थियो ।


by RSS | Today, 04:59 PM

img