mobile

अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

By RSS on Mar 13,2018 - 16:04

सडकमा इँटा बोकेको ट्रक पल्टिँदा अवरुद्ध बनेको बिपी राजमार्ग अहिले सञ्चालनमा आएको छ । सडकमा पल्टिएको ट्रकलाई पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको हो । सुनकोसी गाउँपालिका– ६ चैनपुरमा गएराति इँटा लोड गरिएको बा५ख ३३४७ नं को ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको थियो । 

ट्रक पन्छाउन खुर्कोट, बनेपा सूर्यविनायक सडक आयोजनाको क्रेन मगाइएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिनुभयो । बिपी राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको छ । रासस

ट्याग -  अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालन

SUGGESTED ARTICLES

img
पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि निर्माण


by RSS | Today, 03:18 PM

img